भावविह्वल हुँदै बार्सिलोनाबाट बाहिरिए मेस्सी
भावविह्वल हुँदै बार्सिलोनाबाट बाहिरिए मेस्सी
    • Bell Sanchar

    • २५ श्रावण २०७८, सोमबार
भावविह्वल हुँदै बार्सिलोनाबाट बाहिरिए मेस्सी

काठमाडौँ । २१ वर्षसम्म बार्सिलोनाबाट फुटबल खेलेका अर्जेन्टिनी स्टार लियोनल मेस्सीले भावविह्वल हुँदै बार्सिलोना छाडेका छन् ।

बार्सिलोनाले आइतबार कप्तान मेस्सीको बिदाइ गरेको हो । बिदाइको पत्रकार सम्मेलनमै मेस्सी रोएका हुन् । बिदाइमा बोल्दै मेस्सीले आफूले अघिल्लो वर्ष क्लब छाड्न खोज्दा नदिइएको तर यो वर्ष छाड्न नचाहँदा छाड्नु परेको भन्दै भावुक बने ।

‘म यस क्लब छाड्न चाहदैन थिए । यस क्लबलाई म माया गर्थे । मैले यो पलको आशा गरेको थिएन,’ मेस्सीले बिदाइमा भने, ‘गत वर्ष म क्लब छाड्न चाहन्थे । यस वर्ष म बस्न चाहन्छु । त्यसैले म दुखी छु ।’

क्याटलन क्लबको एकेडेमीमा हुर्किएका मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएका थिए ।

६ पटकको बालोन डी’ओर विजेता मेस्सी गत जुन ३० बाटै फ्री एजेन्ट बनेका थिए । ३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् ।

मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् । उनले ७ पटक कोपा डेल रे उपाधि हात पारे ।

मेस्सी अब पीएसी जाने तयारीमा छन् । उनलाई पीएसीले २ वर्ष क्लवमा रहने गरी प्रस्ताव गरेको जनाइएको छ ।

साताकाे चर्चित
सम्बन्धित