बंगलादेशका ब्याट्सम्यान इकबालले भैरहवा ग्लाडियटर्सबाट ईपीएल क्रिकेट खेल्ने
बंगलादेशका ब्याट्सम्यान इकबालले भैरहवा ग्लाडियटर्सबाट ईपीएल क्रिकेट खेल्ने
    • Bell Sanchar

    • २६ भाद्र २०७८, शनिबार

बंगलादेशका ब्याट्सम्यान तमिम इकबालले भैरहवा ग्लाडियटर्सबाट एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेट खेल्ने भएका छन् । भैहरवा ग्लाडियटर्सले विज्ञप्ति निकालेर बंगलादेशका सफल ब्याट्स्म्यान इकवाललाई अनुबन्ध गरिएको जनाएको छ ।

भैरहवाले यसअघि श्रीलंकाका बलर धम्मिका प्रसाद र ब्याट्सम्यान उपुल थरंगालाई अनुबन्ध गरिसकेको छ । तमिम इकवाल भैरहवाका लागि तेस्रो विदेशी खेलाडी बनेका छन् । ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म त्रिवी क्रिकेट मैदानमा हुँदैछ । ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने प्रतियोगितामा यसपटक क्रिस गेल, शाहिद अफ्रिदी, कार्लोस ब्रेथवेट लगायतका विश्वका चर्चित खेलाडी खेल्दैछन् ।

साताकाे चर्चित
सम्बन्धित