बूढानीलकण्ठमा भौतिकरूपमै पढाइ
बूढानीलकण्ठमा भौतिकरूपमै पढाइ
    • Bell Sanchar

    • २८ भाद्र २०७८, सोमबार

बूढानीलकण्ठ नगरपालिकाका विद्यालय आजदेखि भौतिकरूपमा खुलेका छन् । नगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखाको निर्णयानुसार नगरपालिकाका विद्यालय भौतिकरूपमा नै सञ्चालन भएका हुन् ।

काभिड–१९ सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका विद्यालयलाई भौतिक दूरीलगायतका सम्पूर्ण स्वास्थ्य मापदण्ड र सुरक्षा विधि अपनाउँदै कक्षा सञ्चालन गर्न नगरपालिकाले अनुरोध गरेको हो ।

विद्यालयमा कुनै विद्यार्थी, शिक्षक तथा कर्मचारीमा कोभिडको लक्षण देखिएमा नगरपालिकाले एन्टिजेन परीक्षणका लागि आवश्यक कीटसमेत निःशुल्क उपलब्ध गराउने जानकारी दिएको छ ।

सरकारले तोकेको मापदण्डभित्र रहेर विद्यालय सञ्चालन भए/नभएको वडाबाट अनुगमन गरिनेसमेत नगरपालिकाले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित