विष्णु माझीबारे मानव अधिकार आयोगको चासो, माइती घरमा पुग्यो प्रहरी
विष्णु माझीबारे मानव अधिकार आयोगको चासो, माइती घरमा पुग्यो प्रहरी
    • Bell Sanchar

    • २८ भाद्र २०७८, सोमबार

गायिका विष्णु माझीको अवस्थाबारे जानकारी लिन मानव अधिकार आयोगले चासो देखाएको छ ।

‘चरी जेलैमा’ गीत चर्चित भएपछि मानव अधिकार आयोगले गायिका माझीको अवस्थाबारे चासो देखाएको हो ।

सामाजिक सञ्जालमा चर्चित गायिका विष्णु माझीको अवस्थाबारे विभिन्न टिकाटिप्पणी हुन थालेपछि मानवअधिकार आयोगले पनि चासो देखाएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेलले सामाजिक सञ्जालहरुमा विष्णु माझीको अवस्था सार्वजनिक गर्नुपर्ने आवाज उठिरहेकाले आफूहरुले उनको परिवारसँग बुझ्ने प्रयास गरेको बताए । उनले आयोगले जिल्ला प्रशासन कार्यालय स्याङ्जा र प्रहरीलाई माझीबारे थप जानकारी उपलब्ध गराउन निर्देशन दिएको जानकारी दिए ।

स्याङ्जाका प्रहरी प्रमुख एवं एसपी होविन्द्र वोगटीलाई फोन गरेर आवश्यक जानकारी गराउन आयोगले आग्रह गरेको हो । तर, प्रहरीले उनको माइती घरमा पुग्दा कसैलाई पनि फेला नपारेको रिपोर्टिङ गरेको छ । विष्णुका बाबु आमाको निधन भइसकेको घरमा कसैसँग पनि भेट नभएको प्रहरीको भनाई छ ।

साताकाे चर्चित
सम्बन्धित