बलिउड : कृष्णाले मामाको नाम नलिई आफूलाई हिट बनाउन नसक्ने गोविन्दाकी पत्नी सुनिताको दाबी
बलिउड : कृष्णाले मामाको नाम नलिई आफूलाई हिट बनाउन नसक्ने गोविन्दाकी पत्नी सुनिताको दाबी
    • Bell Sanchar

    • २८ भाद्र २०७८, सोमबार

बलिउड नायक गोविन्दाकी पत्नी सुनिताले जीवनभर कृष्णाको अनुहार नहेर्ने बताएकी छन् ।

भारतको कमेडी रियालिटी शो ‘द कपिल शर्मा शो’मा नायक गोविन्दा र उनकी पत्नी सुनिता आहुजा अतिथी हुने भएपछि कृष्णाले यो भाग छायांकन गर्न अस्विकार गरेको जनाइएको छ।

कृष्णा र गोविन्दाबीच ३ बर्षदेखि शितयुद्ध चलिरहेको कारण उनले मामा गोविन्दासंगै स्टेज शेयर गर्दा मिडियामा मसला हुने बताएका थिए ।

सुनिताले भारतीय मिडियासंगको कुराकानीको क्रममा कृष्णाले उक्त भागको छायांकन गर्न नमानेर जुन कुरा हाम्रो परिवारको बारेमा बोलेका छन्, ‘यसले मलाई निक्कै नै दुःखी बनाएको छ।

गतवर्ष नै गोविन्दाले एक विज्ञप्ती जारी गर्दै घरको बिषयलाई सार्वजनिक रुपमा मसला नबनाउने बताएका थिए । कृष्णाले आफ्नो घरको विषयमा मिडियामा बोलेको भन्दै सुनिता रिसाएकी छन्।

सुनिताले कृष्णालाई मामाको नाम नलिई आफूलाई हिट बन्न नसकिने बताइन् ।

साताकाे चर्चित
सम्बन्धित