लगानीकर्ताको आकर्षण, बीमा कम्पनीको शेयरमा
लगानीकर्ताको आकर्षण, बीमा कम्पनीको शेयरमा

सोमवार सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ५५ अंकले बढेर ५४८ दशमलव ८७ विन्दुमा पुगेको छ ।

    • Bell Sanchar

    • २९ भाद्र २०७८, मंगलवार

 

बेल संचार

काठमाडौं, २९ भदौ गत आइतवार २ दशमलव ४८ प्रतिशत बढेर बन्द भएको बजार सोमवार भने स्थिर रहेको छ ।

आइतवार ७१ दशमलव ४३ अंक बढेर २ हजार ९४७ दशमलव ४२ विन्दुमा बन्द भएको बजार सोमवार शून्य दशमलव २७ अंक अर्थात् शून्य दशमलव शून्य १ प्रतिशत बढेर २ हजार ९४७ दशमलव ६९ विन्दुमा बन्द भएको हो ।

२ हजार ९६२ दशमलव ८१ विन्दुदेखि खुलेको सोमवारको बजार २ हजार ९३९ दशमलव ९६ विन्दुसम्म झरेको थियो । यस दिन बजारले २ हजार ९८४ दशमलव २८ विन्दुसम्म कायम गरेको थियो ।

सोमवार सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ५५ अंकले बढेर ५४८ दशमलव ८७ विन्दुमा पुगेको छ । आइतवारको तुलनामा सोमवार कारोबार रकम भने घटेको छ । आइतवार रू. ९ अर्ब ४४ करोड ३५ हजार बराबरको १ करोड ७१ लाख ३३३ कित्ता शेयर खरीदविक्री भएकोमा सोमवार रू. ९ अर्ब २९ करोड ५ लाख ५४ हजार बराबरको १ करोड ५६ लाख ८१ हजार १८४ कित्ता शेयर कारोबार भएको हो । यो कारोबार २२६ ओटा कम्पनीको ९३ हजार २१८ पटकको व्यापारमा भएको हो ।

सोमवार पनि सर्वाधिक रकमको शेयर कारोबार अरुणभ्याली हाइड्रोपावरको भएको छ । आइतवार पनि कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको थियो । सोमवार सर्वाधिक कारोबारले निरन्तता पाउँदै कम्पनीको रू. ६१ करोड ९३ लाख ५० हजार बराबरको ८६ लाख ८० हजार ८० कित्ता शेयर कारोबार भएको हो ।

पछिल्लो समय विकास बैंक, जलविद्युत्, लगानी र वित्त कम्पनीप्रति आकर्षित हुँदै आएका लगानीकर्ताहरु सोमवार भने निर्जीवन बीमा कम्पनीको शेयरप्रति आकर्षित भएका छन् ।

निर्जीवन बीमामा लगानीकर्ताको आकर्षणका कारण सोमवार यस समूहको परिसूचक सर्वाधिक १ दशमलव ४८ प्रतिशत बढेको छ । जलविद्युत् समूहले भने यस दिन सर्वाधिक गुमाएका छन् ।

जलविद्युत् समूहको परिसूचक सर्वाधिक २ दशमलव ५४ प्रतिशत घटेको हो । सोमवार जलविद्युत समूहसँगै उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ३५ प्रतिशत, अन्यको शून्य दशमलव ४३ प्रतिशत, लघुवित्तको शून्य दशमलव ५६ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव शून्य २ प्रतिशत र लगानी समूहको परिसूचक शून्य दशमलव ६२ प्रतिशत घटेको छ ।

यस दिन निर्जीवन बीमा समूहसँगै बैंकिङ्गको शून्य दशमलव ८६ प्रतिशत, व्यापारिकको शून्य दशमलव ८७ प्रतिशत, होटल्स तथा पर्यटनको शून्य दशमलव १२ प्रतिशत, विकास बैंकको शून्य दशमलव शून्य ८ प्रतिशत, वित्तको शून्य दशमलव शून्य ९ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव ५२ प्रतिशत परिसूचक बढेको छ ।

यो दिन अजोड इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य १० प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको र सानिमा लाइफ इन्स्योरेन्सको एउटै अनुपातमा ९ दशमलव ९९ ले शेयरमूल्य बढेको छ ।

साताकाे चर्चित
सम्बन्धित