बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु, २४ घाइते
बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु, २४ घाइते

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बस सडकबाट १० मिटर तल खस्दा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको अझै पहिचान खुलेको छैन । उहाँका अनुसार मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् । 

    • Bell Sanchar

    • २९ भाद्र २०७८, मंगलवार
कावासोती, २९ भदौ पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन् ।काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र०२–००१ नंको यात्रुबाहक बस र ना६ख ७१२६ नंको ट्रक नवलपुरको गैँडाकोट–१० , २३ स्मृति पुल नजिक एकआपसमा आज विहान ठोक्किएको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बस सडकबाट १० मिटर तल खस्दा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको अझै पहिचान खुलेको छैन । उहाँका अनुसार मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् । बसमा चालकसहित २६ जना सवार रहेका बताइएको छ । तीमध्ये तीन जना घाइतेको अवस्था गम्भीर छ । यसैगरी ट्रकका चालकसमेत घाइते भएका छन् । घाइतेकोे नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रनाउ गिरीले बताउनुभयो । रासस

साताकाे चर्चित
सम्बन्धित