सगरमाथाको काखमा कञ्चन गोक्यो ताल (फोटो फिचर)
सगरमाथाको काखमा कञ्चन गोक्यो ताल (फोटो फिचर)
    • Bell Sanchar

    • ३० भाद्र २०७८, बुधबार

समुद्री सतहबाट ५ हजार उँचाइमा छ गोक्यो ताल । यस क्षेत्रमा ६ वटा मुख्य ताल छन् । यी विश्वमै अग्लो स्थानमा पाइने ताजा पानी भएका तालहरू हुन् । यी तालमध्ये थोनाक ताल सबैभन्दा ठूलो छ । सन् २००७ देखि गोक्यो ताल क्षेत्रलाई रामसार क्षेत्रको रूपमा घोषणा गरिएको छ ।

यस ताललाई हिन्दू तथा बौद्ध दुवैले पवित्रस्थल मान्छन् । प्रत्येक वर्ष जनैपूर्णिमाको दिन यहाँ मेला लाग्ने गर्दछ । यहाँ नुहाएर पूजा गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ । तालको दक्षिणपट्टि हिन्दूका आराध्यदेव शिव तथा विष्णुको मन्दिर छ । यहाँ हजारौं श्रद्धालु आउने गर्छन् ।

सगरमाथा बेसक्याम्प पछि गोक्यो ताल बाह्य पर्यटकको रोजाइमा परेको स्थान हो । ४ हजार ७९० मिटरको उँचाइमा रहेको गोक्यो गाउँ पर्यटकका लागि आकर्षक गन्तव्य मानिन्छ ।

तस्वीरहरु : प्रेम दोर्चे लामा/अनलाइन खबर

साताकाे चर्चित
सम्बन्धित