कस्तो छ तपाइको भाग्यफल ? भदौ ३० गतेको राशि :
कस्तो छ तपाइको भाग्यफल ? भदौ ३० गतेको राशि :

  हेर्नुहोस आजको तपाइको राशिफल। काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०६ मिनेट ।

    • Bell Sanchar

    • ३० भाद्र २०७८, बुधबार

आज मिति वि.सं.२०७८ साल भदौ ३० गते । बुधवार । ईश्वी सन् २०२१ सेप्टेम्बर १५ तारिख । नेपाल संवत् ११४१ ।  वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–नवमी, दिउसो १२ बजेर २९ मिनेट उप्रान्त दशमी । नक्षत्र– मूल, बिहान ०८ बजेर १२ मिनेट उप्रान्त पूर्षाषाढा । योग– आयुष्मान, बिहान ०६ बजेर ३४ मिनेट उप्रान्त सौभाग्य । करण– कौलव, दिउसो १२ बजेर २९ मिनेट उप्रान्त तैतिल,बेलुकी ११ बजेर २३ मिनेट उप्रान्त गर ।  आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–धनु

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०६ मिनेट ।  हेर्नुहोस आजको तपाइको राशिफल।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :
धर्म,संस्कृति तथा आफ्नो रीतिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :

बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट प्रशस्त आम्दानी गर्न सकिनेछ भने शेयर बजारमा लगानी गर्न सके मनग्गे लाभ लिन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :

जीवन साथीको सहयोगले नाफामूलक व्यवसाय सुरु गर्न सकिनेछ भने लामो दूरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):

नोकरीमा प्रतिस्पर्धीहरुलाई हराउँदै अगाडी बढ्न सकिनेछ । शत्रुता राख्नेहरू आफै साइड लाग्नेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आकस्मिक धन तथा सम्पत्ति लाभ हुने समय रहेको छ । माया प्रेममा नजिक हुने समय रहेको छ भने आत्मीय मित्रको साथ रहने हुनाले महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :

राजनीति तथा सामाजिक कामहरूमा समय खर्चिनेहरूले समयमा सर्वसाधारणको काम गर्न सक्दा पद प्रतिष्ठा प्राप्त हुने योग रहेको छ । साथीहरूको सहयोगले उपलब्धि मूलक काम गर्ने अवसर प्राप्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

दाजुभाइ तथा छिमेकीबाट सहयोग तथा उपहार प्राप्तिको योग रहेको छ । खोज तथा अनुसन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निकाल्न प्रशस्त समय खर्चनु पर्नेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

व्यापार व्यवसाय फस्टाएर जानेछ भने होटल तथा रेष्टुराँमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

प्रतिष्ठित काम गर्ने अवसर आउनेछ भने विशिष्ट व्यक्तिहरु नजिकिने छन् । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समय प्रतिकूल बन्नेछ भने यही बेलामा आय आम्दानीका बाटाहरू साँघुरा हुनेछन् । प्रेम प्रशङ्गमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

विद्यामा राम्रो प्रगति हुनाले पढाइ लेखाइमा मन जानेछ । विभिन्न अवसरहरूले पछ्याउने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

लामो समयदेखि रोकिएर बसेका कामहरू बन्नेछन् । नयाँ काम पाउने तथा नोकरीका बढोत्तरीको गतिलो योग रहेको छ । लगनशील तथा ईमान्दारीताले समाजका मान सम्मानमा वृद्धि भएर जानेछ ।

राशिमा जे जस्तो भए पनि तपाइको दिन शुभ रहोस्  .

साताकाे चर्चित
सम्बन्धित