म्यानचेस्टर युनाइटेडमै पोग्बा, रोनाल्डोको प्रभाव
म्यानचेस्टर युनाइटेडमै पोग्बा, रोनाल्डोको प्रभाव

यो सिजनमा पोग्बाले निकै राम्रो प्रदर्शन गरिरहेका छन् । अहिलेसम्म सात गोलका लागि एसिस्ट गरेका छन् ।

    • Bell Sanchar

    • ३० भाद्र २०७८, बुधबार

बेल संचार

काठमाडौं ।

क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेड आउने भएसँगै क्लबमा धेरै परिवर्तन भएको छ । क्लबका फ्यानहरुमा जोश बढेको छ, जसको प्रभाव खेलाडीमा पनि देखिन थालेको छ । यस्तै खेलाडीमध्ये एक हुन्, पाउल पोग्बा ।

सिजनको शुरुवातमा उनले क्लब छाड्न चाहेको चर्चा चलेको थियो । तर जोर्डन सान्चो, राफेल भेरानेसँगै रोनाल्डोलाई अनुबन्ध गरेसँगै उनको मनस्थिति परिवर्तन भएको छ ।

उनी अहिले म्यानचेस्टर युनाइटेडमा नै बस्न चाहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अब सन् २०२२ को जुनसम्म क्लबमै रहने मनस्थिति बनाएका उनले सम्झौता लम्ब्याउन वार्ताका लागि तयारी गरेको समाचारमा उल्लेख छ ।

यो सिजनमा पोग्बाले निकै राम्रो प्रदर्शन गरिरहेका छन् । अहिलेसम्म सात गोलका लागि एसिस्ट गरेका छन् ।

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायर पनि पोग्बाको प्रदर्शनबाट सन्तुष्ट छन् । ‘उनी निकै राम्रो खेलिरहेका छन् । पाउल आफ्नो व्यक्तित्वको कारण पनि निकै चर्चित छन् र उनले यो समरको लागि कडा मेहनत गरेका छन्,’ उनले भने, ‘पाउलले अझै क्लबको लागि योगदान गर्न सक्ने हामी देख्न सक्छौं ।’

एजेन्सीहरुको सहयोगमा

साताकाे चर्चित
सम्बन्धित