७० लाख कित्ता आइपिओ असोज ६ देखि खुल्ने
७० लाख कित्ता आइपिओ असोज ६ देखि खुल्ने

साहस उर्जा कम्पनीले कुल ७० लाख कित्ता सर्वसाधारण समूहको प्राथमिक सेयर (आइपिओ) जारी 

    • Bell Sanchar

    • ३० भाद्र २०७८, बुधबार

साहस उर्जा कम्पनीले कुल ७० लाख कित्ता सर्वसाधारण समूहको प्राथमिक सेयर (आइपिओ) जारी

कम्पनीले अंकित मूल्य १ सयका दरले कुल ७० लाख कित्ता आइपिओ असोज ६ गतेदेखि बिक्री खुल्ला गर्न लागेको हो।

यसमध्ये ३ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि र २ लाख १० हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ।

बाँकी ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ।

न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ। कम्पनीको आइपिओमा १० गतेसम्म आवेदन दिन सकिनेछ।

सिडिएससीको मेरो सेयर र आफ्नो बैंक खाता रहेको जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ। बिक्री प्रवन्धकका रुपमा एनआइबिएलएस क्यापिटल रहेको छ।

इक्रा नेपालले कम्पनीलाई बीबीप्लस रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनी औसत मध्यम स्तरमा रहेको जनाउँछ।

जारी पुँजीको ७० प्रतिशत संस्थापक सेयर र १० प्रतिशत स्थानीयबासी तथा २० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो।

यस कम्पनीले सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोसी) जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

ब्याजसहित आयोजनाको लागत प्रतिमेगावाट १३ करोड ७९ लाख रहेको छ।

ब्याजसहित कुल लागत ११ अर्ब ८६ करोड लाग्ने अनुमान छ। आयोजना समग्रमा ७२ प्रतिशत सम्पन्न भइसकेको कम्पनीले दावी गरेको छ।

साताकाे चर्चित
सम्बन्धित