कुन राशिका लागि कति शुभ ? भदौ ३१ गतेको राशिफल
कुन राशिका लागि कति शुभ ? भदौ ३१ गतेको राशिफल

आज मिति वि सं २०७८ साल भदौ महिनाको ३१ गते बिहीबार, तदअनुसार सन् २०२१ सेप्टेम्बर १६ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल

    • Bell Sanchar

    • ३१ भाद्र २०७८, बिहीबार

आज मिति वि सं २०७८ साल भदौ महिनाको ३१ गते बिहीबार, तदअनुसार सन् २०२१ सेप्टेम्बर १६ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज शुभकार्यमा मन जानेछ । लामो समयपछि आफन्तसँग भेटघाट हुनेछ । शुभ कार्यमा सरिक भइनेछ र शुभ समाचारले मन पनि प्रसन्न रहनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

आज मनमा दुबिधा उत्पन्न हुनेछ अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय रहनेछ, आफन्तले पनि सकेको सहयोग गर्नेछन् ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

आज कुनै कुराले मनमा शान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ, तर स्वास्थ्यमा सजगता अपनाउनु पर्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू पनि अगाडि बढ्नेछन् ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

आज शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

कला, साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

विपरीत वर्षप्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

आज सहकर्मीबाट विरोध आउन सक्छ । गलत निर्णय लिन पुगिएला । यात्रामा मालसामान पनि हराउन सक्छ । चोटपटकको भय छ सचेत रहनुहोला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

साताकाे चर्चित
सम्बन्धित