रियलले इन्टरलाई हरायो : च्याम्पियन्स लिग

यूईएफए च्याम्पियन्स लिगमा स्पानिस क्लब रियल मड्रिडले विजयी सुरुआत गरेको छ

    • Bell Sanchar

    • ३१ भाद्र २०७८, बिहीबार

काठमाडौं

यूईएफए च्याम्पियन्स लिगमा स्पानिस क्लब रियल मड्रिडले विजयी सुरुआत गरेको छ । बुधार राति भएको समूह डी को खेलमा रियलले इटालियन क्लब इन्टर मिलानलाई १-० ले पराजित गरेको हो ।

इन्टरको मैदानमा भएको खेलमा रोड्रिगोले खेल सकिन एक मिनेट बाँकी हुँदा निर्णायक गोल गरेका थिए । दोस्रो हाफमा मैदान प्रवेश गरेका रोड्रिगोले ८९औं मिनेटमा एडुवार्डो कामाभिंगाले विजयी गोल गरे ।

उनी ६५औं मिनेटमा लुकास भजक्वेजको स्थानमा मैदान प्रवेश गरेका थिए ।

समूह डी को अर्को खेलमा माल्दोभाको क्लब एफसी शेरिफले युक्रेनी क्लब शाख्तर डोनेस्कलाई २-० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ । शेरिफको लागि एडामा ट्राओर र मोमो यानसानेले गोल गरे ।

Nabintech
साताकाे चर्चित
सम्बन्धित