असोज १ गतेको राशिफल: कुन राशिका लागि कति शुभ ?
असोज १ गतेको राशिफल: कुन राशिका लागि कति शुभ ?

आज मिति वि सं २०७८ साल असोज महिनाको १ गते शुक्रबार, तदअनुसार सन् २०२१ सेप्टेम्बर १७ तारिख। आज बिश्वकर्मा पुजा तथा हरिपरिवर्तनि एकादशी ब्रत, कस्तो रहला तपाइको दिन ? हेर्नुहोस राशिफल

    • Bell Sanchar

    • १ आश्विन २०७८, शुक्रबार

काठमाडौँ

आज मिति वि सं २०७८ साल असोज महिनाको १ गते शुक्रबार, तदअनुसार सन् २०२१ सेप्टेम्बर १७ तारिख। आज बिश्वकर्मा पुजा तथा हरिपरिवर्तनि एकादशी ब्रत, कस्तो रहला तपाइको दिन ? हेर्नुहोस राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी होला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

आज नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा छटपटी बढ्नाले मन कमजोर रहला, तर साँझमा कार्य सम्पादन हुनसक्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आज स्वादिष्ट भोजन पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने र कुटुम्बको सहयोग मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पार्टनरसिपको कार्यमा सफलता मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

आज आँटेको र ताकेको कार्य पुरा होला । मनोरञ्जनको क्षेत्रमा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइने र व्यापारमा पनि सफलता मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आज वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । नयाँ र मङ्गल कार्यको योग छ । चिन्ता छाडेर चिन्तन गर्दा राम्रो हुन्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

आर्थिक कारोबारमा विवाद आउनेछ । चोटपटकको भय छ सचेत रहनुहोला । स्वास्थ्यमा समस्या आउला । पारिवारिक झैझमेला आउला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । चुनौतीको सामना गर्नुपर्ला । बढी मेहनत गरे बढी फाइदा पनि लिन सकिनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

साताकाे चर्चित
सम्बन्धित