बार्दलीमा माधव नेपाल
बार्दलीमा माधव नेपाल

नेकपा एकीकृत समाजवादीको आज पार्टी केन्द्रीय कार्यालय उदघाटन भएको छ । कार्यालयको बार्दलीमा पुगेर नेपालले हात उठाएर कम्युनिस्ट शैलीमा अभिवादन गरे ।

    • Bell Sanchar

    • १ आश्विन २०७८, शुक्रबार

काठमाडौं

नेकपा एकीकृत समाजवादीको आज पार्टी केन्द्रीय कार्यालय उदघाटन भएको छ । कार्यालयको बार्दलीमा पुगेर नेपालले हात उठाएर कम्युनिस्ट शैलीमा अभिवादन गरे ।

नेपालको दायाँ बायाँ राजेन्द्र पाण्डे र बेदुराम भुसाल देखिन्थे । पाण्डे माधव नेपाललाई अप्ठ्यारोमा साथ दिदै आएका नेता हुन् । उनले एमाले २०५४ सालमा विभाजन हुँदा पनि महासचिव रहेका नेपाललाई साथ दिएका थिए ।

बेदुराम भुसाललाई माधव नेपालले हाइ कमान्डमै ल्याएका छन् । उनी जहिल्यै नेपालको साथमा रहे ।

बार्दलीमा गंगालाल तुलाधर पनि माधव नेपाल सँगै देखिएका छन् । उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

साताकाे चर्चित
सम्बन्धित