लोक सेवा विशेष : सामान्य ज्ञान
लोक सेवा विशेष : सामान्य ज्ञान
    • Bell Sanchar

    • २९ भाद्र २०७८, मंगलवार

१) डटपेनको अविष्कार कसले गरेका हुन् ?
– जोन जे. लाउड

२) नेपाल टेलिकमले कहिलेदेखि प्रिपेड मोबाइल सेवा प्रारम्भ गरेको हो ?
– वि.सं. २०६४ असार २३

३) चियामा कुन विषालु क्षारिय तत्व हुन्छ ?
– टेनिस

४) खुट्टामा जिव्रो हुने जीव कुन हो ?
– पुतली

५) मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ?
– आँखा झिम्काउनु

६) जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ?
– तीतो

७) मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ?
– १३ प्रकारका

८) संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ?
– रुघा

९) भुटानको राष्ट्रिय एयरलायन्सको नाम के–हो ?
– डुक एयर

१०) याहुका संस्थापक को–को हुन् ?
– डेविड फिलो र जेरी याङ्ग

११) सन् २०१२ को युरो कप फुटबलको उपाधी कुन देशले जित्यो ?
– स्पेन

१२) असंलग्न राष्ट्रको १७ सम्मेलन कुन राष्ट्रमा सन् २०१५ मा आयोजना भयो ?
– भेनेजुयलामा

१३) अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा कति जरिवाना तिर्नुपर्छ ?
– ४ डलर

१४) सन् २०१२ मा लन्डन ओलम्पिकमा नेपाली टोलीको नेतृत्व गर्दै मार्च पासमा नेपालको झन्डा कुन खेलाडीले बोकेका थिए ?
– प्रसिद्धजङ्ग राणा

१५) विचित्र नामको गुफा कुन जिल्लामा अवस्थित छ ?
– गुल्मी

१६) नेपालमा गद्य कविताको शुरुवात गर्नै साहित्यकार को हुन् ?
– गोपाल प्रसाद रिमाल

१७) विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक कुन हो ?
– जापान

१८) भगवान गोतम बुद्धको मृत्यु पश्चात् बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो ?
-मूल सर्वास्ति विनय

१९) लेवनानी भाषामा ‘हिजबुल्लाह’ भनेको के हो ?
– ईश्वरको पार्टी

२०) अन्तराष्ट्रिय हात्तिपोलो खेल नियमित रुपमा कुन देशमा हुने गर्दछ ?
– नेपालको चितवनमा

साताकाे चर्चित
सम्बन्धित