वीरगन्ज सीमा नाकामा कोरोनाको हाउगुजी: अबौंको पर्यटन व्यवसाय धरापमा
वीरगन्ज सीमा नाकामा कोरोनाको हाउगुजी: अबौंको पर्यटन व्यवसाय धरापमा
    • Bell Sanchar

    • १ आश्विन २०७८, शुक्रबार

नेपाल सरकारको लापारवाहीका कारण वीरगन्ज क्षेत्रमा संचालनमा रहेका २० अर्बको होटल व्यवसाय धरासायी बन्दै गएको छ । वीरगन्ज क्षेत्रका होटल तथा पर्यटन व्यवसायी हरुले सरकारले सीमा नाकालाई सहज नबनाइ दिएका कारण व्यवसायबाट हात धुनुपर्ने अवस्था निम्तने खतरा बढेको भन्दै चिन्ता जनाएका छन् ।

कोरोनाको हाऊगुजी देखाएर सरकारले सीमा नाका बन्द गरेपछि वीरगन्ज नाका भएर आउने मुख्यगरी भारतीय पर्यटकहरुको आवागमन ठप्प भएपछि आफूहरु पेशाबाट नै पलाउन हुनुपर्ने अवस्थामा पुगेको होटल तथा पर्यटन व्यवसाय संघ पर्साका अध्यक्ष हरि पन्तले बताउनुभयो ।उहाँले वीरगन्ज सीमा नाकाबाट दैनिक सयौं ब्यक्तिहरुको ओहोरदोहोर भएपनि सरकारले औपचारिक रुपबाट नाका संचालनमा नल्याईदिँदा पर्यटन क्षेत्र नराम्रोसंग मारमा परेको बताउनुभयो । सरकारले कोरोन संक्रमण बढेको भन्दै २०७६ साल चैत ११ गते रातिबाट नै वीरगन्ज नाका बन्द गरेको थियो ।

सो समयदेखि बन्द रहेको नाका अहिलेसम्म पनि खुल्न नसक्दा पर्यटन क्षेत्र अस्तब्यस्त बनेको यहाँका पर्यटन व्यवसायी हरुको भनाइ छ । २० अर्बको लगानी वीरगन्जको होटल क्षेत्रमा रहेको र पहिलो र दोश्रो लहरको कोरोनाका कारण आफूहरुले एक अर्ब जति क्षति ब्यहोर्न परेको बताउदै पर्यटन व्यवसायी संघ पर्साका उपाध्यक्ष रिचेन्द्र थापाले एक दर्जन होटलहरु यो अवधिमा बन्द भइसकेको जानकारी दिनुभयो । सीमा नाका लामो समयसम्म बन्द हुँदा आफूहरुले झेल्न परेको समस्याको बिषयमा चाँडै प्रधानमंत्री शेर बहादुर देउवालाई जानकारी गराउने योजनामा आफूहरु रहेको युवा होटल ब्यवसायी दीलिपराज कार्कीले बताउनुभयो ।

कोरोना संक्रमित नगन्य

पर्सामा कोरोनाका संक्रमितहरु लगभग सुन्यको अवस्थामा रहेको छ । कुनैबेला हट स्पट बनेको पर्सामा अहिले सकृय संक्रमितको संख्या १३ जना मात्रै रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले बताउनुभयो । उहाले अब कोरोनाको कारण मात्रै देखाएर सीमा नाका बन्द गर्नुको अर्थ नरहेको बताउनुभयो । भारतमा समेत कोरोनाको त्रास कम भएकाले अब सीमा नाका खुला गरी पर्यटकहरुको आवागमनलाई सहज बनाउनुपर्नेमा जोड दिनुभयो ।

साताकाे चर्चित
सम्बन्धित