यी क्षेत्रमा वर्षाको सम्भावना’ आजको मौसम
यी क्षेत्रमा वर्षाको सम्भावना’ आजको मौसम

मौसम पूर्वानुमान महाशाखाले आज शनिबार पोखरा र काठमाडौंसहित पूर्वी नेपालमा वर्षा हुने अनुमान गरेको छ । 

    • Bell Sanchar

    • २ आश्विन २०७८, शनिबार

काठमाडौं

मौसम पूर्वानुमान महाशाखाले आज शनिबार पोखरा र काठमाडौंसहित पूर्वी नेपालमा वर्षा हुने अनुमान गरेको छ ।

नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव कायमै रहेको र मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ भएकाले वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहान जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशभर आंशिकदेखि सामान्य बदलीसहित बागमती प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश १ र प्रदेश २ का एक÷दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  राती प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित