सिंजा क्षेत्रमा एक सातादेखि टेलिफोन सेवा अस्तबेस्तः सरोकारवाला मौन
सिंजा क्षेत्रमा एक सातादेखि टेलिफोन सेवा अस्तबेस्तः सरोकारवाला मौन

एकसातादेखि अबरुद्ध टेलिफोन सेवा अझै सुधार नभएको सिंजाका स्थानीयले गुनासो गरेका छन् । टावर आउने जाने भएपनि स्थानीय सम्पर्क विहिन छन् । टावर देखाएपनि फोन नलाग्ने, फोन लागे कुरा नबुझिने तर पैसा काट्ने समस्याले सिंजाका नागरिक आक्रोसित भएका छन् ।

    • सागर परियार । कर्णाली पोस्ट

    • २ आश्विन २०७८, शनिबार

जुम्लाको सिंजा क्षेत्रमा एक सातादेखि टेलिफोन सेवा अबरुद्ध भएको छ । एकसातादेखि अबरुद्ध टेलिफोन सेवा अझै सुधार नभएको सिंजाका स्थानीयले गुनासो गरेका छन् । टावर आउने जाने भएपनि स्थानीय सम्पर्क विहिन छन् । टावर देखाएपनि फोन नलाग्ने, फोन लागे कुरा नबुझिने तर पैसा काट्ने समस्याले सिंजाका नागरिक आक्रोसित भएका छन् ।

दैनिक जसो कर्णालीका बहालवाला मन्त्री दिनबन्दु श्रेष्ठ,पुर्वमन्त्री तथा सांसद नरेश भण्डारी लगायत स्थानीय नेता सिंजामा आउँदा टावरको समस्या पोखेपनि अझै सुनुवाई नभएको सिंजाका यूवा जगतजंग जिसीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो,“संचार जस्तो अत्याआबश्यक विषयमा सरोकारावा मौन हुनु, एकसाता बढी हुँदा पनि टेलिफोन सेवा सुधार नहुनु सिंजा क्षेत्रलाइ उपेक्षा गर्नु हो ।”

घाम लागेको बेला टावर नजिकै र अग्लो डाँडाँमा जाँदा काम गर्ने र १÷२ घण्टामै फेरी टावर जाने समस्या रहेको जिसिले बताउनुभयो । पुर्ण रुपमा कहिलेबाट टावर आउने टुंगो छैन् सरोकारवाला सबै मौन रहेका छन् ।

सिंजा गाउँपालिकाको केन्द्र समेत रहेको नराकोटमा इन्टरनेट तथा टेलिफोन सेवा अबरुद्ध भएपछि बैंकिङ तथा कार्यालयका कामकाज पनि प्रभावित भएका छन् । नेपाल टेलिकमले नयाँ ठाउँमा विस्तार गरेको टावरबाट पनि राम्रो सेवा प्रवाह नभएको सिंजाकै कृष्ण बहादुर बुढाले बताउनुभयो ।

उहाँका अनुसार इन्टरनेट चलाउने कुरो त परै जावस घर भित्र जादा समेत टावर हराउँछ । सेवा विस्तार गर्दा राम्रो अनुसन्धान नगर्दा समस्या भएको छ । टेलिफोन सुधारमा सम्बन्धीत निकाय यथाशिघ्र ध्यान दिन उहाँको सुझाब छ ।

सिंजा क्षेत्रका हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकाका दुरदराजका बस्तीहरुमा गुणस्तरीय संचार सेवा पुराउने कुरो आह्वासमै बितेको छ । सिंजा क्षेत्र मात्र नभई जुम्लाका अधिकांश बस्तीमा राम्रो संचार सुविधा छैन् । सेवा विस्तारका नाममा नागरिकले सास्ती मात्रै पाएका छन् ।
निरन्तर वर्षा र बादल लागेपछि ब्याट्री चार्ज हुन नपाएर टावर अबरुद्ध भएको नेपाल टेलिकम शाखा जुम्लाले जनाएको छ । साथै हाल जुम्लाभरी इन्टरनेटको क्षामता विकासको काम चलिरहेकोले सिंजा क्षेत्रमा कतिबेला टावर आउने जाने समस्या रहेकोले छिटै सुधार हुने नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठले बताउनुभयो । जम्मा ४ सय ८९ एमबी मात्रै क्षामता भएको जुम्लामा ग्राहक क्षामता भन्दा दोब्बरले बढी भएपछि ईन्टरनेट र टेलिफोन सेवामा समस्या आएको प्रमुख श्रेष्ठको भनाई छ ।

उहाँले भन्नुभयो,“ल्याण्डलाईनको क्षामता ७ सय २५ लाईन भएकोमा हाल सम्म ८ सय बढी लाईन प्रयोग भईसकेका छन । त्यस्तै,लिज लाईन,एडिसियल लाईन विटिएस लाईन, फोजी, थ्रि जी लगायतका सबै लाईनको क्षामता भन्दा दोब्बर ग्राहक हुँदा समस्या आएको हो । हामी सुधार गर्न जुटेका छौ ।”

साताकाे चर्चित
सम्बन्धित