काठमाडौंमा ‘सेभ द नेशन मुभमेन्ट’ सुरु
काठमाडौंमा ‘सेभ द नेशन मुभमेन्ट’ सुरु

उनले दिनैपिच्छे राष्ट्र र राष्ट्रियता संकटमा पर्दैै गरेकाले अयिभान थालेको पनि स्पष्ट पारेका छन् । मुभमेन्टले पटकपटक भएको राजनीतिक परिवर्तनपछि पनि कुनै पनि पार्टीहरुले जनताको पक्षमा काम नगरेको ठहर गरेको छ ।

    • Bell Sanchar

    • २ आश्विन २०७८, शनिबार

 सेभ द नेशन मुभमेन्टले देशको रक्षा र जनताको हक अधिकार स्थापनाको लागि आफ्नो अभियान सुरु गरेको छ ।

काठमाडौंमा शनिबार आयोजित सेभ द नेशन मुभमेन्ट घोषणाको पत्रकार सम्मेलनमा कार्यक्रममा संयोजक काशिराम (प्रसाद) गुरुङले अभियान सबैको साझा भएकाले यसलाई सफल पार्न राजनीतिक दल र सर्वसाधारणको पनि सहयोगी भूमिका रहनुपर्ने बताए । उनले राजनीतिक दलहरु र नेताहरुको गलत सोचका कारण देशले विकासमा फड्को मार्न नसकेको स्पष्ट पारे । राष्ट्रियतामाथि संकट आइपर्दा कुनै पनि नागरिक चुप लागेर बस्न नहुने बताए ।

उनले दिनैपिच्छे राष्ट्र र राष्ट्रियता संकटमा पर्दैै गरेकाले अयिभान थालेको पनि स्पष्ट पारेका छन् । मुभमेन्टले पटकपटक भएको राजनीतिक परिवर्तनपछि पनि कुनै पनि पार्टीहरुले जनताको पक्षमा काम नगरेको ठहर गरेको छ ।

गाउँका जनता सामान्य बिरामी हुँदा सिटामोल खान नपाएको तर नेताहरु भने विदेशमा उपचार गर्न प्रतिष्पर्धा गरिरहेकोमा पनि उनले आपत्ति जनाए । मुभमेन्टले संविधान परिमार्जन गर्न पनि सरकारसँग माग गरेको छ । संयोजक गुरुङले संविधान परिमार्जन गर्नुपर्ने नभए खारेज नै गर्नुपर्ने तर्क राखेका छन् । मुभमेन्ट सबैको साझा भएको र यसमा राजनीति नमिसिएको उनको भनाई छ ।

उनले भोलिको दिनमा यही अभियानले पार्टीको रुप लिने र देशव्यापी संगठन गर्न सकिने पनि जनाए । संयोजक गुरुङले सरकारले शिक्षा, स्वास्थ्य र रोजगार दिने नाममा व्यापार गरेको आरोप लगाए । उनले राष्ट्रिय एकता, राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, मानव अधिकारको रक्षा गर्नेलगायतका योजना अघि सारेर मुभमेन्टको सुरुवात गरिएको बताए ।

उनले सबैको अधिकार स्थापना नहुन्जेल मुभमेन्ट नरोकिने समेत दाबी गरे । भ्रष्टाचार निर्मूल गर्ने र नेपाललाई शान्ति क्षेत्र बनाउन अन्तर्राष्ट्रिय समन्वय गरी समृद्ध नेपाल निर्माण गर्ने पनि मुभमेन्टको लक्ष्य रहेको छ । अर्को प्रसंगमा युनिटी लाइफका अध्यक्षसमेत रहेका गुरुङले पीडितको पैसा फिर्ता दिने घोषणा गरेका छन् । उनले युनिटीबाट पीडित भएकाहरुको पैसा फिर्ता दिन तयार भए पनि सरकारले रोक लगाएको समेत बताए ।

साताकाे चर्चित
सम्बन्धित