१६ करोड ऋण ,चन्दा उठाएर रंगशालामा बनाउन खोज्दा
१६ करोड ऋण ,चन्दा उठाएर रंगशालामा बनाउन खोज्दा

कलाकारितामा जमेका थिए सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तली ।

    • Bell Sanchar

    • ३ आश्विन २०७८, आईतवार

काठमाडौं

कलाकारितामा जमेका थिए सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तली । भूकम्पपछि उनीहरू चन्दा उठाएर समाजसेवा गर्नतिर लागे । एउटा काम फत्ते पनि गरे, ४ करोड चानचुनको गिरानचौर एकीकृत नमून बस्ती ।त्यसबाट हौसिएर उनीहरूले चितवनमा साढे तीन सय करोडको अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गरे, उसैगरी पैसा उठाएर । उनीहरू कलाकारिता छोडेर रंगशालामा उत्रिए ।तर, तीन वर्षपछि धुर्मुस सुन्तली फाउण्डेसनलाई एउटा आपत् आइलागेकाे छ, जब सर्वसाधरणबाट उठाएको पैसाले नपुगेर उल्टै १६ करोड ऋण लाग्यो ।

अब उसलाई याे परियोजना ‘निल्नु न ओकल्नु’ भएको छ ।१६ करोड ऋण लागेको भन्दै फाउण्डेसनले रंगशालाको निर्माणकार्य रोकेको छ । काम अघि बढाउन मुस्किल परेको बताउने धुर्मुस यो परियोजनाबाट हात उठाएको स्वीकार गर्दैनन् । तर, सरकारले सहयोग नगरे अघि बढाउन नसकिने पनि भन्न छुटाउँदैनन् ।

उनको चिन्ता प्रस्ट बुझ्न सकिन्छ, अरूलाई जिम्मा लगाउँदा यो परियोजना सम्पन्न हुँदासम्म आफ्नो नाम नै मेटिने हो कि !धुर्मुसले भनेका थिए, ‘कति माग्नु, मागेर मात्र सम्भव नहुने देखियो । सरकारले सहयोग नगरे काम अघि बढाउन मुस्किल छ ।’

उनका अनुसार अर्थ मन्त्रालयमा सहयोगका लागि प्रस्ताव पत्र पेस गरिएको छ । उता रंगशालाकाे काम ठप्प छ । परियाेजना सम्पन्न हुँदासम्म तीन अर्बभन्दा बढीकाे लागत अनुमान गरिएकाे छ ।धुर्मुस भन्दैछन्, ‘अहिलेसम्म ५४ कराेडकाे काम भयाे ।यसमा १६ कराेड ऋण छ ।’

उनकाे मतलब अझै अर्बभन्दा बढी पैसा चाहिने परियाेजना अघि बढाउन अब फुट्टी काैडी छैन । अब प्राेजेक्ट पूरा हुनेगरी पैसा उठ्ने आसा पनि उनमा छैन । हुन पनि एउटा माहाैल थियाे पैसा उठ्ने, अहिले त्याे माहाैल उस्तै छैन । याे घडीमा आइपुगेर काम राेकेका पारेका उनी अझै भन्दैछन् हात उठाएकाे छैन ।

सँगै उनकाे अर्काे भनाइ पनि आउँछ, सरकारले सहयाेग नगरे परियाेजना सम्पन्न गर्न सकिन्न ।’ उनकाे स्पष्ट संकेत छ- याे परियाेजना सम्पन्न गर्न सरकारले पैसा देओस्, ऋण तिरिदेओस् । हाम्राे नाममै परियाेजना सक्न पाइयाेस् ।

साताकाे चर्चित
सम्बन्धित