कस्तो विडम्बना यो देशको, कस्ता भोका जुका पुगेका छन् शासनमाः नेकपा एमालेका अध्यक्ष केपी ओली
कस्तो विडम्बना यो देशको, कस्ता भोका जुका पुगेका छन् शासनमाः नेकपा एमालेका अध्यक्ष केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको कस्तो विडम्बना हो यो भनि प्रश्न गरेका छन् ।

    • Bell Sanchar

    • ३ आश्विन २०७८, आईतवार

काठमाडौं 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको कस्तो विडम्बना हो यो भनि प्रश्न गरेका छन् ।

सातौं संविधान दिवसको अवसरमा आइतबार एमालेले गरेको कार्यक्रममा ओलीले भने, ‘संविधान दिवसलाई जनताले आफ्नो संविधान दिवस ठान्नुपर्ने, यतिबेला जनताका पराक्रमी सन्तानले सम्मानित भएको अनुभूति गर्न, गर्व गर्न पाउनुपर्नेमा बालाई सम्मान, श्रीमतीलाई सम्मान गरिएको छ ।

अघिल्लो पटकको पनि म सम्झन चाहन्छु । एउटाको सुपुत्रलाई सम्मान, अर्कोको सुपुत्रलाई सम्मान, अर्कोको सुपुत्रीलाई सम्मान, अर्काको छोरो महान समाजसेवी, अर्कोको छोरी महान समाजसेवी, कस्तो विडम्बना यो देशको ? कस्ता भोका जुका पुगेका छन् शासनमा ? लाज लाग्छ संविधान दिवसका दिन बोल्दा ।’

साताकाे चर्चित
सम्बन्धित