राष्ट्रपतिले प्रचण्ड पत्नी सीतालाई किन दिइन् पदक ?
राष्ट्रपतिले प्रचण्ड पत्नी सीतालाई किन दिइन् पदक ?

संविधान दिवसका अवसरमा राष्ट्रपतिवाट विभुषित हुने र पदक पाउनेहरुको नाम सार्वजनिक भएको छ । संसद बचाउने फैसला गर्ने सर्वोच्च अदालतका तीनजना न्यायाधीशले प्रसिद्ध प्रवल जनसेवाश्री पाएका छन् ।

    • Bell Sanchar

    • ३ आश्विन २०७८, आईतवार

काठमाडौ

संविधान दिवसका अवसरमा राष्ट्रपतिवाट विभुषित हुने र पदक पाउनेहरुको नाम सार्वजनिक भएको छ । संसद बचाउने फैसला गर्ने सर्वोच्च अदालतका तीनजना न्यायाधीशले प्रसिद्ध प्रवल जनसेवाश्री पाएका छन् । अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीले यो पदक पाएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश विश्वम्भर श्रेष्ठले अर्को पदक पाएकाले प्रतिनिधिसभा विघटनको पहिलो मु द्दामा संवैधानिक इजलासमा रहने सबै न्यायाधीशहरु पदकबाट विभूषित भएका छन् ।

महालेखा परीक्षक टंकमणि शर्मा र महान्यायाधिवक्ता खम्मबहादुर खातीले पनि यही पदक पाएका छन् । पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) की पत्नी सीता दाहाललाई पनि राजनीतिक अभियन्ता भनेर चितवनको ठेगाना राखी यही पदक दिइएको छ ।

मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा, पूर्व प्रदेश प्रमुख तिलक परियार, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले पनि यही पदक पाएका छन् । प्रतिनिधिसभा विघटनको मु द्दामा तत्कालीन विपक्षी दलका नेता शेरबहादुर देउवाको तर्फबाट बहस गर्ने कानून व्यवसायीहरु सुकीर्तिमय राष्ट्रद्वीपबाट विभूषित भएका छन् ।

वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव, हरिहर विरही, मुक्ति प्रधान, मिथिलेश सिंह, रमण श्रेष्ठ, दिनेश त्रिपाठी, गोविन्द बन्दी र पदम रोक्का यो पदक पाउनेहरुको सूचीमा छन् ।

साताकाे चर्चित
सम्बन्धित