तपाईंको भागमा कति पर्छ ? बुद्धभूमि हाइड्रोपावरको आइपो खुल्दै
तपाईंको भागमा कति पर्छ ? बुद्धभूमि हाइड्रोपावरको आइपो खुल्दै
    • Bell Sanchar

    • ४ आश्विन २०७८, सोमबार

काठमाडौँ, 

बुद्धभूमि नेपाल हाइड्रोपावरले असोज ११ गतेदेखि साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँको दरले ८ करोड रुपैयाँको ८ लाख आइपीओ निष्काशन गर्न लागेको हो । जसमा ४० हजार कित्ता सामुहीक लगानी कोष र १६ हजार कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा असोज २५ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित