रामकुमारी झाँक्री, हाम्रो पार्टी फुट्नुमा कमरेड प्रचण्डको कुनै पनि हात छैन
रामकुमारी झाँक्री, हाम्रो पार्टी फुट्नुमा कमरेड प्रचण्डको कुनै पनि हात छैन

निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइएको माधव नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले नयाँ पार्टी गठन गर्नु युगको आवश्यकत्ता भएको स्पष्ट पारेकी छिन् ।

    • Bell Sanchar

    • ४ आश्विन २०७८, सोमबार

काठमाडौं

निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइएको माधव नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले नयाँ पार्टी गठन गर्नु युगको आवश्यकत्ता भएको स्पष्ट पारेकी छिन् । उनले भनिन्,”यो चाहीँ एउटा युगको आवश्यकत्ता थियो कि, किनभने नेकपा एमालेको नवौं महाधिवेशनपछि हाम्रो पार्टी जसरी चल्यो, निर्वाचनमा गयौं, मोर्चाबन्दी गर्यौं, जनताको जनमत र एउटा विश्वास प्राप्त गर्यौं, तर त्यसलाई सही ढंगले चलाउन नसक्दा पार्टीभित्र न्यूनतम लोकतान्त्रिक संस्कार र संस्कृति नहुँदा पार्टीलाई नेतृत्वले जहाँ पुर्यायो, त्यसले गर्दा वामपन्थ, लोकतान्त्रिक र कम्युनिष्ट पार्टीको आवश्यकत्ता समाजमा थियो, त्यो आवश्यकत्ता यो पार्टीले पूरा गर्छ भन्नेमा म आशावादी छु ।”

आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले पार्टीलाई वामपन्थबाट रामपन्थको बाटोमा लगिएको र सांस्कृतिक रुपमा विचलनतर्फ गएकोले फुटको अवस्था आएको स्पष्ट पारिन् । उनले आफूहरुले अन्तरसंघर्ष गरेर नै अघि बढ्ने भनेर बसेको भएपनि तर पार्टीभित्र अन्तरसंघर्ष गर्ने ढोका नै बन्द गरिएकोले यो अवस्था आएको पनि जिकिर गरिन् । उनले कम्युनिष्ट आन्दोलनलाई सिध्याउने कसम केपी ओलीले खाएको पनि सुनाईन् । उनले माधव नेपाललाई स्थायी कमिटीका सदस्यहरुले साथ नदिएपनि केही फरक नपर्ने उनको आशय थियो । उनले भनिन्,”टिम त बन्दै जान्छन नि हजुर, हाम्रो जुक्ता फाटे त नयाँ किन्नुपर्छ । लागु फाटे नयाँ लुगा किन्छौं नि ।”

उनले आफूहरु अब पार्टीलाई सशक्त बनाउने अभियानमा लाग्ने पनि जानकारी दिईन् । यसको लागि नेकपा ९माओवादी केन्द्र० सँग पनि एकता हुनसक्ने सम्भावना उनले सुनाईन् । उनले आफ्नो पार्टी फुट्नु र नफुट्नुमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कुनैपनि हात नभएको पनि दाबी गरिन् । उनले भनिन्,”एमाले फुटाउने दोषी केपी शर्मा ओली हो । हामी यही पार्टीमा एकताको लागि पहल गरेका छौं । यो कुरा मैले तपाईको यही कार्यक्रममा बोलेको थिएँ । एमालेभित्र हामीलाई पस्न दिईएन भने हामी विद्रोह गर्छौं भनेको थियो ।”

साताकाे चर्चित
सम्बन्धित