कुन राशिका लागि शुभ छ आजको दिन
कुन राशिका लागि शुभ छ आजको दिन
    • आज मिति वि सं २०७८ साल असोज महिनाको ६ गते बुधबार, तदअनुसार सन् २०२१ सेप्टेम्बर २२ तारिख, कस्तो छ तपाईको आजको राशिफल

    • ६ आश्विन २०७८, बुधबार
काठमाडौँ,  आज मिति वि सं २०७८ साल असोज महिनाको ६ गते बुधबार, तदअनुसार सन् २०२१ सेप्टेम्बर २२ तारिख, कस्तो छ तपाईको आजको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ, तर साँझमा मन प्रसन्न रहनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्या र बुद्धिको विकास पनि हुनेछ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) गरेको कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा पनि सफलता पाइनेछ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झनुपर्नेछ । सेयरको बजारको कारोबारमा फाइदा पनि नोक्सानी हुनसक्छ । कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) कुनै कुराले मनमा शान्ति छाउनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा बढी धनार्जन हुनेछ । लाभदायक यात्रा पनि रहला । तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) लाभहानी, सुखदुख, बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ शिक्षा र ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष पनि छाउला । धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) शुभकार्यको चर्चा चल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ, तर सेयरको कारोबारमा नोक्सानी हुनसक्छ । मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर काम क्रोध पनि बढ्नसक्छ । कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) दैनिक कार्यमा प्रगति हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ । मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आज प्रणयसम्बन्धमा सफलता पाउने समय रहेको छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । सेयरको कारोबारमा फाइदा पनि हुनसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

साताकाे चर्चित
सम्बन्धित