आजै अमेरिका जाने ,नारायण खड्का बने परराष्ट्र मन्त्री
आजै अमेरिका जाने ,नारायण खड्का बने परराष्ट्र मन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्।

    • Bell Sanchar

    • ६ आश्विन २०७८, बुधबार

काठमाडौं

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। देउवाको सचिवालयले दिएको जानकारीअनुसार खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गर्न आज बिहान राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री देउवाले पत्र पठाएर सिफारिस गरेका हुन्।

खड्काको आजै सपथग्रहण गर्ने कार्यक्रम छ। खड्काले कांग्रेसमा परराष्ट्र विभाग हेर्दै आएका थिए। उनले उदयपुर क्षेत्र नम्बर १ बाट चुनाव प्रतिनिधि सभा सदस्यको जितेका हुन्।

खड्काले अर्थशास्त्रमा पिएचडी गरेका छन्। उनले केही समय कृष्णप्रसाद भट्टराईको सल्लाहकार पनि भएर काम गरेका थिए। उनी पूर्वसहरी विकास मन्त्रीसमेत हुन्।

आजै बेलुकी संयुक्त राष्ट्रसंघीय महासभामा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व गर्दै खड्का अमेरिका  प्रस्थान गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्रालय स्रोतले खड्कासहितको टोली अमेरिका जानेबारे सबै तयारी पूरा भइसकेको जानकारी दिएको छ।

‘सकभर आजै बेलुका नभए भोलि बिहानसम्म मन्त्री खड्कासहितको टोली अमेरिका जाने तयारी छ,’ परराष्ट्र स्रोतले  भन्यो। परराष्ट्रमन्त्री सँगै सचिव भरतराज पौडेल, युएन महाशाखाका प्रमुखलगायत अधिकारीहरू न्युयोर्क जाँदै छन्।

साताकाे चर्चित
सम्बन्धित