प्रियंकालाई पुत्री लाभ
प्रियंकालाई पुत्री लाभ

अभिनेत्री प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छन् ।

    • Bell Sanchar

    • ६ आश्विन २०७८, बुधबार

काठमाडौँ, ६ असोज

अभिनेत्री प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छन् ।

सामाजिक सञ्जालमा एक तस्विर पोस्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन् । उनले छोरीको नाम आयाङ्का कार्की जोशी नाम दिएकी छन् ।

तस्बिरमा प्रियंका र आयुष्मान निकै खुसी देखिएका छन् । आयुष्मान र प्रियंकाले दुई वर्ष अघि विवाह गरेका हुन् ।

सिने जगतमा चल्तीकी नायिका प्रियंका गर्भावस्थामा थप चर्चित भएकी थिइन् । उनले गर्भावस्थामा गरेका विभिन्न क्रियाकलापमाथि थुप्रैको नजर अडिने गर्दथ्यो । कतिले उनलाई समर्थन गर्थे भने कतिले उनको अत्यधिक आलोचना गर्न पनि छोडेनन् ।

साताकाे चर्चित
सम्बन्धित