वडामै पराजित ,नेविसंघ महामन्त्री
वडामै पराजित ,नेविसंघ महामन्त्री

नेविसंघका महामन्त्री बलदेव तिमल्सिना नेपाली कांग्रेसको वडा अधिवेशनमा पराजित भएका छन्।

    • Bell Sanchar

    • ६ आश्विन २०७८, बुधबार

काठमाडौं, असोज ६

नेविसंघका महामन्त्री बलदेव तिमल्सिना नेपाली कांग्रेसको वडा अधिवेशनमा पराजित भएका छन्।

सिन्धुपाल्चोकमा मंगलबार भएको वडा अधिवेशनमा तिमल्सिना क्षेत्रीय प्रतिनिधि उठेका थिए।

उनी सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ३ बाट उठेका थिए। उनको पक्षमा जम्मा ७७ मत आयो भने उनलाई पराजित गर्नेले उनीभन्दा १७ मत बढी ल्याएका थिए।

तिमल्सिना पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट हुन्। उनलाई सिटौलाकै पहलमा नेविसंघ महामन्त्रीमा नियुक्त गरिएको थियो।

सिन्धुपाल्चोकमा केन्द्रीय सदस्य मोहन बस्नेत पक्षधरले अधिकांश स्थानमा वडा र क्षेत्रीय प्रतिनिधि जितेका छन्। बस्नेत शेरबहादुर देउवा निकट हुन्।

साताकाे चर्चित
सम्बन्धित