नगर प्रमुख कंडेलले गरे बिधाई,साईकल यात्रीलाई
नगर प्रमुख कंडेलले गरे बिधाई,साईकल यात्रीलाई

देशु घुमौ सम्बन्ध बढाअौ भन्ने मुल नारा लिएर अन्तु ईलाम देखि रारा मुगु सम्म हिडेका साईकल यात्रीको टोलीलाई पालुङटार नगरपालिकाका नगर प्रमुख ई. दिपक बाबू कंडेलले बिधाई गरेका छन् ।

    • Bell Sanchar

    • ६ आश्विन २०७८, बुधबार

 

देशु घुमौ सम्बन्ध बढाअौ भन्ने मुल नारा लिएर अन्तु ईलाम देखि रारा मुगु सम्म हिडेका साईकल यात्रीको टोलीलाई पालुङटार नगरपालिकाका नगर प्रमुख ई. दिपक बाबू कंडेलले बिधाई गरेका छन् । हिजो १३ अौं दिन धादिङ बाट आएर लिगलिगकोट बसेको टोलीलाई विहान कंडेलले लिगलिगकोटमानै फुल, माला र बिधाई गरेका हुन । नगर प्रमुख कंडेलले यात्र फलदायी र सुखमय होस भन्ने कामना गर्दै संसारको पहिलो लोकतान्त्रिक मुलुक लिगलिगकोटबाट राम्रो

 

संदेश दिन पनि आग्रह गरे । स्पोर्ट्स टुरिजम मार्फत साईकल यात्रा सँग निरन्तर जोडिरहने प्रतिबद्धता पनि नगर प्रमुख कंडेलले कार्यक्रममा बताएका थिए ।

त्यस्तै कार्यक्रममा विश्व साईकल यात्री पुष्कर शाहाले लिगलिगकोट संस्कृतिक र ऐतिहासिक ठाउँमा आउने अवसर पाएकोमा खुसि व्यक्त गरे । लिगलिगकोटमा प्रर्यटन बढाउनका लागि आफ्नो तर्फबाट विश्वभरका यात्रीहरुलाई निमन्त्रणा गरेको र आफ्नो यश पहलबाट सानो सहयोग पुग्ने आशा पनि व्यक्त गरे ।
त्यस्तै कार्यक्रमलाई लिगलिग भिलेज स्पोर्ट्सले सहजिहरण गरेको थियोे । साईकल यात्राको टोली लिगलिगकोट बस्ने योजनामा नभएको र लिगलिगलाई चिनाउनका लागि आँफुहरुले यहाँ सम्म ल्याउन पहल गरेको लिगलिग भिलेज स्पोर्ट्सका अध्यक्ष संजिव रानाले जानकारी दिए । कार्यक्रममा लिगलिग भिलेज स्पोर्ट्सका तर्फबाट मायाको चिनो र लिगलिगे साईकल दोडको टिसर्ट सम्मान र सम्झना स्वमरुप विश्व साईकल यात्रि शाहालाई प्रदान गरिएको थियोे ।

साताकाे चर्चित
सम्बन्धित