मेसीलाई उछिन्दै रोनाल्डो बने धेरै आम्दानी गर्ने फुटबलर
मेसीलाई उछिन्दै रोनाल्डो बने धेरै आम्दानी गर्ने फुटबलर

अमेरिकी पत्रिका फोर्ब्स सबैभन्दा धेरै आम्दानी गर्ने फुटबल खेलाडीको सूचीमा चिरप्रतिद्वन्द्वी अर्जेन्टाइन स्टार लियोनेल मेसीलाई उछिन्दै रोनाल्डो पहिलो स्थानमा उक्लिएका हुन् ।

    • Bell Sanchar

    • ७ आश्विन २०७८, बिहीबार

काठमाडौं ।

पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो सबैभन्दा धेरै आम्दानी गर्ने फुटबलर बनेका छन् ।

अमेरिकी पत्रिका फोर्ब्स सबैभन्दा धेरै आम्दानी गर्ने फुटबल खेलाडीको सूचीमा चिरप्रतिद्वन्द्वी अर्जेन्टाइन स्टार लियोनेल मेसीलाई उछिन्दै रोनाल्डो पहिलो स्थानमा उक्लिएका हुन् ।

उनी ठूलो रकममा म्यानचेस्टर युनाइटेडमा आएकाले पनि पहिलो स्थान सुरक्षित गर्न सजिलो भयो । २०२१–२२ को सिजनमा रोनाल्डोले करबाहेक १२ करोड ५० लाख डलर रकम आम्दानी गर्ने भएका छन् । यसमध्ये ७ करोड उनको तलब र बोनसबाट आउँछ ।

पाँच करोड ५० लाख व्यावसायिक सम्झौताहरुबाट हुन्छ । स्पोन्सरसिपको मामिलामा रोनाल्डो सबैभन्दा धेरै रकम बुझ्ने खेलाडी हुन् ।

समग्र खेल क्षेत्रमा केवल तीन खेलाडीले मात्र व्यावसायिक रुपमा रोनाल्डोको भन्दा आम्दानी गर्छन् । जसमा रोजर फेडेररले ९ करोड डलर बनाउँछन् भने लेब्रोन जेम्सले ६ करोड ५० लाख डलर कमाउँछन् । त्यस्तै टाइगर वूड्सले ६ करोड डलर आम्दानी गर्छन् ।

धेरै आम्दानी गर्ने फुटबलरको सूचीको दोस्रो स्थानमा मेस्सी छन् । उनको कर बाहेकको वार्षिक आम्दानी ११ करोड डलर छ ।

यो सूचीको तेस्रो स्थानमा नेइमार र चौथोमा केलियन एम्बाप्पे छन् । सबभन्दा धेरै कमाउने चार फुटबल खेलाडीमध्ये तीन खेलाडी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आबद्ध छन् ।

यो सिजनमा विश्वका सबैभन्दा धेरै आम्दानी गर्ने १० फुटबलरले करअघि ५८ करोड ५० लाख डलर आम्दानी गर्ने देखिएको छ । यो रकम अघिल्लो सिजनमा ५७ करोड डलर थियो ।

एजेन्सीहरुको सहयोगमा

साताकाे चर्चित
सम्बन्धित