पौडेल पक्ष विरोधमा ,मन्त्रीले वडाध्यक्षमाथि हातपात गरेपछि
पौडेल पक्ष विरोधमा ,मन्त्रीले वडाध्यक्षमाथि हातपात गरेपछि

सर्लाही कांग्रेसका नेता/कार्यकर्ताले लामो समयदेखि क्रियाशील सदस्यता विवाद मिलाउन धर्ना दिइरहेका छन्।

    • Bell Sanchar

    • ७ आश्विन २०७८, बिहीबार

?????????????????????????????????????????????????????????

काठमाडौं

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र उनी पक्षका शीर्ष नेताहरू आज पार्टी केन्द्रीय कार्यालय पुगेर धर्नामा ऐक्यवद्धता जनाउने भएका छन्।

सर्लाही कांग्रेसका नेता/कार्यकर्ताले लामो समयदेखि क्रियाशील सदस्यता विवाद मिलाउन धर्ना दिइरहेका छन्।

क्रियाशील सदस्यता विवाद भइरहेका बेला मंगलबार पार्टी कार्यालय सानेपामै सर्लाही बरहथवा नगरपालिका ४ का वडाध्यक्ष लखेन्द्र महतोमाथि पार्टीकै नेता तथा प्रदेश नम्बर २ का महिला, बालबालिका, खेलकुद तथा युवा मन्त्री वीरेन्द्रप्रसाद सिंहले हातपात गरेपछि विरोध भइरहेको छ।मन्त्री सिंह र वडाध्यक्ष महतोबीच विवादको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ।

उक्त घटनाको विरोध र क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान गर्न पौडेल पक्षले माग गरिरहेको छ। सर्लाही क्षेत्र नम्बर ४ मा क्रियाशील सदस्यता विवाद छ।कांग्रेस केन्द्रीय सदस्य अमरेशकुमार सिंहले वरिष्ठ नेता पौडेलसहित नेताहरू आज सानेपा पुग्ने बताए।

पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य शेखर कोइरालालगायत पार्टी कार्यालय पुगेर धर्नामा ऐक्यवद्धता जनाउने पनि उनले बताए।

सर्लाहीमा विधि, विधान विपरीत क्रियाशील सदस्यता दिइएको भन्दै सिंहले सांसद पदबाट राजीनामा पनि दिएका थिए। सभापति शेरबहादुर देउवालाई भेटेर उनले राजीनामा दिएका थिए तैपनि क्रियाशील विवाद सुल्झिएको छैन।

साताकाे चर्चित
सम्बन्धित