‘सुटुक्क’ गरिन् इन्गेजमेन्ट ! गायिका इन्दिरा जोशीले
‘सुटुक्क’ गरिन् इन्गेजमेन्ट ! गायिका इन्दिरा जोशीले
    • Bell Sanchar

    • ८ आश्विन २०७८, शुक्रबार

काठमाडौं । गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । इन्दिराले खुम्बु पुगेर ‘सुटुक्क’ इन्गेजमेन्ट गरेकी हुन् ।

जोशीले आफ्नो प्रेमीलाई औँठी लगाइदिएको भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ

उनले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् । इन्दिराले यसअघि आफू प्रेम सम्बन्धमा रहेको बताउने गरेपनि प्रेमीको नाम भने खुलाएकी  थिइनन् । उसो त उनले इन्गेजमेन्ट भएकोबारे पनि आफैँले सार्वजिनक रूपमा अहिलेसम्म भनेकी छैनन् ।

उनीहरूको इन्गेजमेन्ट भएको भिडियो भने क्याप्टेन विवेक थापाको टिकटक अकाउन्टमार्फत सार्वजनिक गरिएको छ । थापाले ‘एक्स्कुलुजिभ’ लेखेर भिडियो सार्वजनिक गरेका छन् । उनले ‘दुवै जनालाई उज्वल भविष्यको कामना’ पनि भनेका छन् ।

 

@captbibek

“Wish you both happy life ahead” @indirajoshi #engagementceremony #tiktoknepal #foryoupage #captbibek #lifeisbeautiful #bestofluck #fypシ #khumbu

♬ original sound – ⊙☂🐞ξ®¡×👅

साताकाे चर्चित
सम्बन्धित