एमसिसी परिमार्जन गरेर पारित गर्नुपर्छ : नेता रामबहादुर थापा
एमसिसी परिमार्जन गरेर पारित गर्नुपर्छ : नेता रामबहादुर थापा

पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) पोलिटब्युरो सदस्य रामबहादुर थापाले अमेरिकी मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसिसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताउनुभएको छ ।          

    • Bell Sanchar

    • ८ आश्विन २०७८, शुक्रबार

चितवन

पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) पोलिटब्युरो सदस्य रामबहादुर थापाले अमेरिकी मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसिसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले बहसमा आएका विषय परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिनुभयो । नेता थापाले लोकतन्त्रमा कसैलाई बोल्ने अधिकार रोक्न नहुने स्पष्ट पार्दै लिम्पियाधुरा, कालापानी, एमसिसीका विषयमा धारणा राख्न पाउनुपर्ने बताउनुभयो ।

“स्रोत नखुलाई लगानी गर्न पाउने व्यवस्था गर्नु गलत हो”, उहाँले भन्नुभयो । राष्ट्रिय अर्थतन्त्र र पूँजीको संरक्षण गर्नुपर्ने उल्लेख गर्दै उहाँले सरकार त्यतातर्फ जान नसकेको आरोप लगाउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित