नारायणहिटी पसेर राजा हुन्छु भन्दै श्रीपेच लगाउन खोज्ने युवक यीनै हुन्
नारायणहिटी पसेर राजा हुन्छु भन्दै श्रीपेच लगाउन खोज्ने युवक यीनै हुन्
    • Bell Sanchar

    • ८ आश्विन २०७८, शुक्रबार

काठमान्डौ ।

नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि राखिएको पूर्वराजाको श्रीपेच झिक्न खोज्ने गर्ने व्यक्ति पक्राउ परेका छन् । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको श्रीपेच झिक्न खोज्ने  व्यक्ति पक्राउ परेका हुन् ।

शुक्रबार दरबार संग्रहालयको अवलोकनका क्रममा रुकुम मुसिकोट नगरपालिका वडा नम्बर ११ स्थायी घर भई हाल काठमाडौंको म्हेपीमा बस्दै आएका अन्दाजी २५ वर्षीय खिमबहादुर घर्तीले सोकेस फु’टा’एर श्रीपेच झिक्न खोजेका थिए । तर, सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

‘श्रीपेच बुलेट प्रुफ सिसाभित्र छ, घर्तीले हा’तले प्र’हार ग’र्दा बुलेट प्रुफ बाहिर रहेको सिसाको आवरण भने फुटेको छ । त्यसपछि उनले कोठाभित्र सोकेसमा राखिएको ‘खुकुरी झि’केर श्रीपेच निकाल्न प्रयास गरेको देखिन्छ । टिकट काटेर संग्रहालय अवलोकनका लागि पुगेका घर्तीले सोकेस फु’टाएर श्रीपेच निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए । घर्तीलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखी आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

साताकाे चर्चित
सम्बन्धित