दिल्लीको अदालतमा गोली चल्यो,
दिल्लीको अदालतमा गोली चल्यो,
    • Bell Sanchar

    • ८ आश्विन २०७८, शुक्रबार

काठमाडौं ।

दिल्लीको रोहिणी अदालत अगाडि गोली चलेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार उक्त घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार हतियारधारीले चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको र प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी पनि मारिएको समाचारमा जनाइएको छ ।

आक्रमणकारीले वकिलको पोशाक लगाएका थिए । आक्रमणमा एक महिला वकिलसहित तीन जना घाइते भएका छन् ।

 

साताकाे चर्चित
सम्बन्धित