मृत भेटिए जर्मन नागरिक ठमेलमा
    • Bell Sanchar

    • ८ आश्विन २०७८, शुक्रबार

काठमाडौँ

ठमेलको एउटा होटेलमा जर्मन नागरिक मृत भेटिएका छन् । ठमेलस्थित बिहानी होटेलको कोठामा बिहीबार राति जर्मन नागरिक डेभिड मिट ज्याकट मृत भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी रमेशकुमार बस्नेतले जानकारी दिए ।

मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको प्रहरीले जानकारी दियो । पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने जनाउँदै प्रहरीले प्रारम्भिक अनुसन्धानमा आत्महत्याको आशंका गरेको छ । पर्यटक भिसामा करिब ३ महिनाअघि ज्याकट नेपाल आएका थिए ।

Nabintech
साताकाे चर्चित
सम्बन्धित