केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : माधव नेपाल
केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : माधव नेपाल

शनिबार हेटौंडामा आयोजित पार्टीको जिल्ला भेलामा उनले केन्द्रमा मन्त्रिपरिषदले पूर्णता पाएसँगै बागमती र प्रदेश १ को सरकार फेरबदलमा लाग्ने बताए । हाल बागमती र प्रदेश १ मा नेकपा एमाले नेतृत्वको सरकार छ ।

    • Bell Sanchar

    • ९ आश्विन २०७८, शनिबार

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।

शनिबार हेटौंडामा आयोजित पार्टीको जिल्ला भेलामा उनले केन्द्रमा मन्त्रिपरिषदले पूर्णता पाएसँगै बागमती र प्रदेश १ को सरकार फेरबदलमा लाग्ने बताए । हाल बागमती र प्रदेश १ मा नेकपा एमाले नेतृत्वको सरकार छ ।

अध्यक्ष नेपालले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन प्रदेश हुँदै जिल्ला र वडा तहसम्म पुग्ने बताए ।

नेता नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई तानाशाह, स्वेच्छाचारी, अंहकार र दम्भले भरिएको व्यक्ति भएको आरोप लगाए । उनले ओलीले तानाशाही प्रवृत्ति देखाएकोले विद्रोह गर्न परेको भन्दै आगामी निर्वाचनमा ओलीको पार्टीलाई टर्च बालेर खोजेर पनि नभेटिने दाबी गरे ।

‘हामीले एमालेभित्र रहँदा उनको कमजोरी र गलत कार्यको विरुद्धमा पटक पटक आवाज उठायौं तर, आलोचना गर्नेलाई सिध्याउने नीति ओलीले लिए’, उनले भने, ‘आलोचना गरेका कारण हामीलाई सिध्याउन कारबाही गरेर पार्टीमा एकलौटी रुपमा अघि बढ्ने नीति लिइयो, हामीले त्यसैविरुद्ध विद्रोह गरेका हौं ।’

साताकाे चर्चित
सम्बन्धित