६५ मुलुकको समर्थन चीनको आन्तरिक मामलामा
६५ मुलुकको समर्थन चीनको आन्तरिक मामलामा

पाकिस्तानलगायत संसारका करिब ६५ मुलुकले संयुक्त विज्ञप्ति जारी गर्दै चीनको समर्थन जनाएका छन् ।

    • Bell Sanchar

    • १० आश्विन २०७८, आईतवार
बेइजिङ पाकिस्तानलगायत संसारका करिब ६५ मुलुकले संयुक्त विज्ञप्ति जारी गर्दै चीनको समर्थन जनाएका छन् । संयुक्त राष्ट्रसंघको ४८ औं मानवअधिकार आयोग सभामा चीनको आन्तरिक मामिलाको समर्थन जनाएका हुन् । संयुक्तरुपमा जारी सो विज्ञप्तिमार्फत चीनको आन्तरिक मामिलामा आफूहरुले सम्मान प्रकट गर्दै बाह्य हस्तक्षेपको विरोध जनाएका छन् । सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको सम्मानमा जोड दिँदै चीनको आन्तरिक मामिलामा बाह्य मुलुकको हस्तक्षप नुहुनुपर्ने सो विज्ञप्तिमा उल्लेख छ । चीनले हङकङको प्रशासनिक क्षेत्रमा लागू गरेको ‘एक देश, दुई प्रणाली’को दोहोर्‍याएर समर्थन जनाउँदै संयुक्त विज्ञप्तिमा भनिएको छ,‘राज्य हङकङ, सिन्जियाङ र तिब्बत आदीसँग सम्बन्धित मुद्दा चीनको आन्तरिक मामिलाका विषयहरु हुन् । त्यसमा बाह्य हस्तक्षेप हुनुहुँदैन।’ संसारका ६५ मुलुकले संयुक्त राष्ट्र संघअन्र्तगत मानव अधिकारमा दोहोरो मापदण्ड र राजनैतिकरण हुने भन्दै यसको समेत विरोध जनाएको ग्लोबल टाइम्समा समाचार छ।

साताकाे चर्चित
सम्बन्धित