नेपाली कांग्रेस महाधिवेशन : गोरखाको कुन पालिकामा को बने सभापति
नेपाली कांग्रेस महाधिवेशन : गोरखाको कुन पालिकामा को बने सभापति

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत गोरखाका ११ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । 

    • Bell Sanchar

    • १० आश्विन २०७८, आईतवार

गोरखा

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत गोरखाका ११ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ ।

शनिबार सम्पन्न भएको अधिवेशनले ६ वटा पालिकामा सर्वसम्मतले र ५ वटा पालिकामा मदतान प्रक्रियाद्धारा नया नेतृत्व चयन गरेको हो । गोरखाको धार्चे गाउँपालिका कार्यसमिति सभापतिमा सन्तोष गुरुङ सर्वसम्मत चयन भएका छन् । उपसभापतिमा दीपक गुरुङ र आशबहादुर घले, सचिवमा वुद्धिराज गुरुङ र सागर गुरुङ सर्वसम्मत चयन भएका छन् ।

चुमनुब्री गाउँपालिका कार्यसमितिको सभापतिमा सूर्य गुरुङ सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षहरुमा वीरबहादुर लामा(सामा) र कल्यान छेवाङ लामा(बिही) सर्वसम्मत भएका छन् । सचिवमा सोनाम धार्के लामा(छेकम) र सोनाम लामा(चुम्चेत) चयन भएका छन् ।

गण्डकी गाउँपालिकाको सभापतिमा होमबहादुर राना सर्वसम्मत चयन भएका छन् । उपसभापतिहरुमा नरबहादुर पाण्डे र अमृतनारायण श्रेष्ठ निर्वाचित भएका छन् । सचिवहरुमा कृष्ण सापकोटा र नवराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

आरुघाट गाउँपालिकाको सभापतिमा राजु गुरुङ सर्वसम्मत चयन भएका छन् । उपसभापतिहरुमा कृष्णप्रसाद श्रेष्ठ र यमबहादुर कार्की सर्वसम्मत भएका छन् । सचिवमा विशाल गुरुङ र एकदत्त खनाल चयन भएका पार्टीका जिल्ला सचिव पूर्ण दाहालले जानकारी दिए ।

शहीदलखन गाउँपालिकाको सभापतिमा काशीनाथ अम्गाई सर्वसम्मत चयन भएका छन् । उपसभापतिहरुमा ध्रुव पोखरेल र टेकबहादुर गुरुङ र सचिवहरुमा चेतबहादुर थापा। र बासु रेग्मी सर्वसम्मत चयन भएका छन् ।

अजिरकोट गाउँपालिकाको सभापतिमा जंगबहादुर गुरुङ सर्वसम्मत चयन भएका छन् । सचिवहरुमा चीरञ्जिवी धिताल र कृष्ण घले सर्वसम्मत चयन भएका छन् । उपसभापति, सहसचिव र कोषाध्यक्ष भने आइतबार चयन गर्ने गरी स्थगित गरिएको जनाएको छ ।

यस्तै, बारपाक सुलीकोट गाउँपालिकाको प्रमुखमा जीतबहादुर घले निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनमा मतदान प्रक्रियाबाट घले विजयी भएका हुन् । कूल १३० सदर रहेकोमध्य घलेले ८९ मत प्राप्त गरेका थिए । उनका निकटत्तम प्रतिद्वन्द्वी केशरी ढकालले ४१ मत प्राप्त गरेका थिए । कार्यसमितिको उपसभापतिहरुमा दलबहादुर तामाङ र सुकबहादुर गुरुङ निर्वाचित भएका छन् । सचिवमा नरहरि वाग्ले र धर्म भट्ट निर्वाचित भएका छन् ।

भिमसेन थापा गाउँपालिकाको सभापतिमा नारायण भट्टराई विजयी भएका छन् । नेपाली कांग्रेस को १४ औ महाधिवेशन अन्तर्गत शनिबार भएको गाउनगर अधिबेशनबाट भट्टराई विजयी भएका हुन् । गाउँपालिकाको पार्टी सभापतिको लागि लागि वडा न २ का वडा अध्यक्ष नारायण प्रसाद भट्टराई र बिदेश नराल बिच मतदान भएको थियो । अधिवेशनमा कुल १ सय ६४ मत खसेको थियो । जसमा भट्टराई ले १०९ र नराल ले ५२ मत ल्याउनु ल्याएका थिए । तीन मत भने बदर भएको निर्वाचन समितिले जनाएको छ । गाउँ कार्यसमितिको उपसभापतिहरुमा नवराज अधिकारी(१०९) र कृष्ण ढकाल(१०४) विजयी भएका छन् । सचिवहरुमा टलक गुरुङ(११४) र जीवनाथ पुडासैनी(.९२) निर्वाचित भएका छन् ।

गोरखा नगरपालिकाको नगर कार्यसमितिको सभापतिमा चन्दनबाबु खत्री निर्वाचित भएका छन् । कूल सदरमत एक सय ६३ मध्य एक सय ५१ मत प्राप्त गरी खत्री निर्वाचित भएका हुन् । यस्तै, उपसभापतिमा मित्र कुमारी परियार, विश्वेस्वर श्रेष्ठ र सचिवहरुमा सावित्रा थापा मगर र दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

पालुङ्टार नगरपालिकाको नगर कार्यसमितिको सभापतिमा बिमल ढकाल निर्वाचित भएका छन् । कूल सदरमत दुई सय ७६ मध्य एक सय २३ मत प्राप्त गरी ढकाल निर्वाचित भएका हुन् । उनका निकटत्तम प्रतिद्वन्द्वी अमर धितालले ५३ मत प्राप्त गरेका थिए । त्यस्तै नगर कार्यसमितिको उपसभापतिहरुमा सिताकुमारी अधिकारी र हरिप्रसाद भट्टराई निर्वाचित भएका छन् ।

सिरानचोक गाउँपालिकाको गाउँ कार्यसमितिको सभापतिमा भक्तबहादुर गुरुङ निर्वाचित भएका छन् । कूल सदर मत एक सय ३० मध्य ६८ मत प्राप्त गरी गुरुङ विजयी भएका हुन् । निकटत्तम प्रतिद्वन्द्वी ज्ञानेन्द्र गुरुङले ६२ मत प्राप्त गरेका थिए भने २३ मत भने बदर भएको थियो । गाउँ कार्यसमितिको उपसभापतिहरुमा सुकमान गुरुङ र सरोज ढकाल र सचिवहरुमा बलराम थापा र जगदीश ढकाल सर्वसम्मत चयन भएका छन् ।

 

साताकाे चर्चित
सम्बन्धित