पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरे संसद विघटनको बचाउ
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरे संसद विघटनको बचाउ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको संसद विघटनको बचाउ गरेका छन्।

    • Bell Sanchar

    • १० आश्विन २०७८, आईतवार

काठमाडौं

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको संसद विघटनको बचाउ गरेका छन्।आइतबार च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले निर्वाचनमा जाने कुरा कुनै पनि कोणबाट गलत नहुने भन्दै संसद विघटनको बचाउ गरेका हुन्।

जारी केन्द्रीय कमिटी बैठकमा असोज १५ देखि हुने विधान महाधिवेशनमा पेस गर्नका लागि ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ।उक्त छलफलका क्रममा प्रतिनिधि सभा विघटनबारे निर्मम समीक्षा हुनु पर्ने प्रसंग उठेको थियो।

त्यसको जवाफ दिँदै ओलीले ताजा जनादेशमा जाने कुरा कहिल्यै गलत नहुने तर्क गर्दै आफ्नो निर्णयको बचाउ गरेका हुन्।   ओलीले गत पुस र वैशाखमा प्रतिनिधि सभा विघटन गरेका थिए। दुबै पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटन असंवैधानिक भएको आदेश दिएको थियो।   सर्वोच्चले नेपालको संविधानमा संसदबाट नयाँ सरकार बन्न सक्ने अवस्था रहुन्जेल संसद विघटन नहुने व्यवस्था रहेको व्याख्या गरेको छ।कुनै प्रधानमन्त्रीले चाहँदैमा संसद विघटन हुन नसक्ने सर्वोच्चको आदेशमा उल्लेख छ।

साताकाे चर्चित
सम्बन्धित