प्रचण्ड र श्रीपेच एकै पटक सल्बलाउँनु संयोग मात्रै हो ?
प्रचण्ड र श्रीपेच एकै पटक सल्बलाउँनु संयोग मात्रै हो ?
    • Bell Sanchar

    • १० आश्विन २०७८, आईतवार

प्रचण्डले वाइसिएल पुरानै अवस्थामा पुर्याउँछु भनेर घोषणा गुर्न र मलाई राजा हुन मन लाग्यो भन्दै श्रीपेचमै हात लम्काउँने मान्छे भेटिनु संयोग मात्रै हो की भन्दै राजनितिक विश्लेषक डा विजय मिश्रले प्रश्न उठाएका छन् ।

आफ्नो समाजिक संजाल मार्फत अभिव्यक्ति सार्वजनिक गर्दै डा मिश्रले वाइसिएल पुरानै अवस्थामा फर्कने हो भने श्रीपेच पनि पुुरानै अवस्थामा फर्कन खोज्ला नि त भनेका छन् । प्रचण्डको अभिव्यक्तिले अमेरिका, संयुक्त राष्ट्रसंघले चाँसो बढाएको भन्दै मिश्रले प्रचण्डले कतै कुण्ठा मात्रै त पोखेको होइन भन्दै प्रश्न पनि गरेका छन् ।

राजनितिक विश्लेषक डा बिजय मिश्रले आफ्नो सामाजिक संजालमा लेखेका छन् श्रीपेज सल्बनाउने दिन र वाइसिएल २०६४ को अवस्थामा पुग्ने घोषणा एकै दिन हुनुमा संयोग श्रीपेज सल्बलाउन थालेछ । नासो दिनेहरुले चाँसो बढाउनु पर्दछ । किनकी वाइसिएल पनि २०६४ मा फर्काउने घोषणा भएपछि श्रीपेजले पनि २०६४ मै फर्किने हो की ! प्रचण्ड ज्यूले वाइसिएललाई पुरानो चरित्रमा आउन भनेपछि अमेरिका, संयुक्त राष्ट्रसंघले चाँसो बढाएको बेला नेपालमा अब केही हुन्छ त रु की प्रचण्डज्यूले कुण्ठामात्र पोख्नु भएको हो ।

वाइसिएलको बीचको कम्युनिष्ट हटाएर योङ्ग लिगमात्र अर्थात वाइएलमात्र बनाएत कम्युनिष्ट सिद्धान्त सम्मानित भएर बस्न अवसर पाउने थियो की रु हैन भने त विचारा कम्युनिष्ट शब्दको फेरी चीर हरण हुने भो रु कम्युनिष्टको विशेषता नभएको पार्टीको नाममा कम्युनिष्ट शब्द घुसाउने अभियानलाई निर्वाचन आयोगले रोक्ने हो कि रु कि नेपाली डिक्सनरीमा कम्यूनिष्ट शब्दको नयाँ परिभाषा राख्न अहिलेको परिवर्तित परिवेश अनुसार प्रज्ञा प्रतिष्ठानले केही गर्ने हो की !

मित्रहरु नेपालको अहिलेको सन्दर्भमा कम्युनिष्ट वा बामपन्थीको व्यवहार अनुसारको नयाँ परिभाषा बनाएर सहयोग गर्नु होला । अर्थात कम्युनिष्टको नेपाली परिभाषा बनाइदिनु होला ।

श्रीपेज सल्वलाएको दिन नै वाइसिएल २०६४ मा फिर्ने घोषणा भएको छ । भनेपछि श्रीपेज पनि २०६४ मै फर्किएर फेरी आमने सामने हुने त होइन , धन्यवाद ।’

साताकाे चर्चित
सम्बन्धित