गैरसरकारी विधेयक दर्ता गर्दै पुर्व मन्त्री भण्डारी
गैरसरकारी विधेयक दर्ता गर्दै पुर्व मन्त्री भण्डारी
    • Bell Sanchar

    • १० आश्विन २०७८, आईतवार

र्खेत

कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश सभामा आइतबार गैर सरकारी विधेयक दर्ता गर्ने भएका छन् ।

जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद भण्डारीले कर्णाली प्रदेश सभामा सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८ दर्ता गर्न लागेका हुन ।

उनले यो विधेयक दर्ता गर्ने तयारी गरेसँगै नेपालका सात ओटै प्रदे्श सभामा गैरसरकारी विधेयक दर्ता नभएको बेला पहिलो पटक गैरसरकारी विधेयक दर्ता हुने रेकर्ड सांसद भण्डारीले राख्नेछन् ।

उनले प्रतिनिधि सभा सदस्य भएको समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्नलागि गैरसरकारी विधेयक दर्ता गराएका थिए । सोही विधेयकका आधारमा अहिले जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान स्थापना भइ सञ्चालनमा रहेको छ ।

‘म भोली विहान ११ बजे विधेयक दर्ता गर्न प्रदेश सभामा जाँदैछु ।’ पहिलोप्रेससँग उनी भन्छन्, ‘यो नै प्रादेशिक रुपमा प्रदेश सभामा दर्ता भएको पहिलो विधेयक बन्नेछ ।’

साताकाे चर्चित
सम्बन्धित