विगत १४ वर्षदेखि मानव बेचबिखन र लैंगिक हिंसाविरुद्ध कार्यरत सामाजिक संस्था आफन्त नेपाल
विगत १४ वर्षदेखि मानव बेचबिखन र लैंगिक हिंसाविरुद्ध कार्यरत सामाजिक संस्था आफन्त नेपाल

विगत १४ वर्षदेखि मानव बेचबिखन र लैंगिक हिंसाविरुद्ध कार्यरत सामाजिक संस्था आफन्त नेपालको सामाजिक लेखापरीक्षण र १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ।

    • Bell Sanchar

    • ११ आश्विन २०७८, सोमबार

काठमाडौँ

विगत १४ वर्षदेखि मानव बेचबिखन र लैंगिक हिंसाविरुद्ध कार्यरत सामाजिक संस्था आफन्त नेपालको सामाजिक लेखापरीक्षण र १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ।

सामाजिक लेखापरीक्षण तथा साधारण सभाको उद्घाटन सत्रमा संस्थाको आ व ०७७/०७८ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो। यस बर्ष नेपाल भारतका १० सीमानाकाबाट ६८० जना र भारतबाट ८२ जना महिला तथा बालबालिकाको उद्धार गरेको छ ।

संस्थाले यस बर्ष ४८१ जनालाई आकस्मिक आवास, ११९ जनालाई सुरक्षित आवास सेवा उपलव्ध गराएको तथा ३६ जना प्रभावितलाई कानुनी सहायता गरेको प्रतिवेदन प्रस्तुतीकरणमा संस्थाका निर्देशक इन्द्रराज भट्टराईले बताए। संस्थाले सहजीकरण गरेका मानव बेचबिखन विरुद्धका बिभिन्न मुद्दामा संलग्न ३८ प्रतिवादीहरु मध्ये ३० जना थुनामा रहेका छन्।

संस्थाले विभिन्न जिल्लामा समुदायस्तरमा ११० महिला समूह, १३ किशोरी समूह र ११ जिम्मेवार पुरुष समूह निर्माण र परिचालन गरेको छ। ती समूह मार्फत मानब बेचबिखन, लैंगिक हिंसा र बालविवाह विरुद्ध तथा सुरक्षित आप्रवासनबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने गरिएको संस्थाका कार्यक्रम निर्देशक करुणा त्रिखत्रीले बताइन्। उनका अनुसार ‘जसको सवाल, उसैको सहभागिता र उसैको नेतृत्व’ भन्ने संस्थाको अभियान अन्तर्गत अहिले संस्थामा थुप्रै प्रभावितहरु परामर्शकर्ता तथा सामुदायिक परिचालकको रुपमा कार्यरत रहेका छन्।

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको मानव बेचबिखन नियन्त्रण शाखा प्रमुख मीना पौडेलले आफन्त नेपाल मानव बेचबिखन विरुद्धको राष्ट्रिय समिति सदस्य रहेको र संस्थाले नेपाल तथा भारतबाट सयौं संख्यामा उद्वार र पुनर्स्थापना गराएको बताउँदै संस्थाको कामको प्रशंसा गरिन्।

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी दुर्गा सिंह चन्दले आफन्त नेपाल साँच्चै नै नेपाल प्रहरीको आफन्तको रूपमा सहकार्य गरिरहेको बताइन्। कार्यक्रममा राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, बिभिन्न स्थानीय सरकारका प्रतिनिधिहरु, महिला समुह, किशोरी समूह, जिम्मेवार पुरुष समूह तथा बेचबिखन प्रभावितहरुको सहभागिता रहेको थियो।

साताकाे चर्चित
सम्बन्धित