थप १२८२ जनामा कोरोना संक्रमण पुष्टि, ७ को मृत्यु
थप १२८२ जनामा कोरोना संक्रमण पुष्टि, ७ को मृत्यु

बितेको २४ घण्टामा देशभर १२८२ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    • Bell Sanchar

    • ११ आश्विन २०७८, सोमबार

काठमाडौं

बितेको २४ घण्टामा देशभर १२८२ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै १२६२ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार १०३ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा ९० हजार ८५४ र पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९२ हजार ३६७ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ६२ हजार ४१६ जना निको भएका छन् । यस्तै हाल देशभर १८ हजार ८४८ जना सक्रिय संक्रमित रहेका छन् ।

साताकाे चर्चित
सम्बन्धित