७३ जनालाई नयाँ जीवन दिए ,एजी शेर्पा
७३ जनालाई नयाँ जीवन दिए ,एजी शेर्पा

एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान ।

    • Bell Sanchar

    • ११ आश्विन २०७८, सोमबार

काठमाडौं

एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी शेर्पाले ।सोमबार काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाज अवतरण गर्न सकेन । उक्त विमान एजी शेर्पाले नै चलाएका थिए ।

जहाज विराटनगरतिर उड्दा सामान्य नै भएपनि विराटनगर पुगेपछि समस्या देखियो । अवतरण गर्न सकेन । जहाजमा वयस्क ६८, बच्चा २, अपांग ३ जना गरि ७३ जना यात्रु रहेका थिए । विराटनगरमा जहाज अवतरण नहुँदासम्म यात्रुहरु सामान्य नै मानिरहेका थिए ।

तर, जब विराटनगरबाट जहाज काठमाडौं फर्केर अवतरण नभई चक्कर लगाउन थाल्यो । यात्रुहरु ‘अब नबाँचिने रहेछ, मरियो’ भनेर जीवन माया मारेका थिए ।

जहाजका एयर होस्टेसहरु रोइरहेका थिए । तैपनि उनीहरु यात्रुहरुरुलाई सान्त्वना दिइरहेका थिए । पाइलट एजी शेर्पा भने विचलित नभइकन सकुशल रुपमा जहाज अवतरण गर्न प्रयत्न गरिरहेका थिए ।

तैपनि ल्याण्डिङ गियर धावनमार्गमा झर्न सकेको थिएन । यहीँकारण जहाज गन्तव्य स्थलमा पुगेर फेरि काठमाडौं फर्किएको थियो । काठमाडौं फर्किएको जहाजलाई पानीमाथि फम राखेर अवतरण गर्न खोजिएको थियो ।

धावनमार्गमा नेपाली सेना, एम्बुलेन्स तयारी अवस्थामा थिए । पाइलट एजी शेर्पा भने जसरी हुन्छ जहाजलाई अझैँ सुरक्षित रुपमा ल्याण्डिङ गर्न प्रयत्न गरिरहेका थिए ।

अन्ततः उनको त्यो प्रयास सफल भयो । भगवान दाहिने हात भइदियो । जहाज सकुशल रुपमा अवतरण गर्यो । यो अवधिभर जहाजमा केही यात्रु बेहोस पनि भएका थिए । र, सबै यात्रुले नयाँ जीवन पाए, एजी शेर्पाले सबैलाई मृत्युको मुखबाट बचाएर नयाँ जीवन दिए ।

 

साताकाे चर्चित
सम्बन्धित