अमेरिका पुगेर परराष्ट्र मन्त्री खड्काले भने- एमसिसी संशोधन हुन सक्दैन
अमेरिका पुगेर परराष्ट्र मन्त्री खड्काले भने- एमसिसी संशोधन हुन सक्दैन

रराष्ट्रमन्त्री नारायण खड्काले एमसिसी संशोधन हुन नसक्ने बताएका छन्

    • Bell Sanchar

    • १२ आश्विन २०७८, मंगलवार

काठमाडौँ

रराष्ट्रमन्त्री नारायण खड्काले एमसिसी संशोधन हुन नसक्ने बताएका छन्। नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक आईपुगेका मन्त्री खड्काले एमसिसीको अन्तर्राष्ट्रिय मापदण्ड छ यसको प्रकिया छ नेपालले संशोधन गर्दा एमसिसी लागू भएका देशसमेत प्रभावित हुने भएकोले यो कठिन हुने उनले जिकिर गरे।

‘राष्ट्रिय सहमति अपरिहार्य हो। तर एमसिसी बारे भइरहेका अनर्गल प्रचार गलत हो’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दे मन्त्री खड्काले भने, ‘ओली सरकारमा हुँदा धेरै पटक सभापति देउवासँगको भेटमा ओलीको एउटै कुरामा जोड हुने गर्थ्यो- एमसिसी मुलुकको आवश्यकता हो संसदवाट बिना संशोधन पास गर्नुपर्छ।

’ आफू सत्तामा हुँदा यस्तो भन्ने ओली सरकार बाहिर रहँदा संशोधनको माग गरेर दोहोरो चरित्र देखाउनु विकासका लागि बाधक भएको उनको दाबी छ। एनआरएन न्युर्योक च्याप्टर, जनसम्पर्क समिति अमेरिका, न्युर्योक महावाणिज्यदूत कार्यालयको संयुक्त आयोजनामा भएको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री खड्काले एमसिसी नेपालको आवश्यकता भएको दोहोर्याए। एमसिसी नेपालको आवश्यकता हो। यो सवै राजनीतिक दललाई अवगत छ। बाहिर हल्ला गरेजस्तो एमसिसी होईन।

तर पनि दोहोरो चरित्रले शोभा दिँदैन यो विसुद्ध अनुदान हो। न त सेना नेपाल भित्रिन्छ न त राष्ट्रियता कमजोर हुन्छ। एमसिसी विकास हो’, उनले भने, ‘एमसिसी र भारतको सम्बन्धलाई लिएर जुन प्रचार गरिएको त्यो झुठो हावादारी प्रचार हो। नेपालले उत्पादन गर्ने विद्युत हामीले भारतलाई बेच्ने हो। भारतलाई बेच्ने विद्युतका बारेमा दुई देश बीच कुराकानी हुनु कसरी राष्ट्रिय हितविपरित हुन्छ?’ मन्त्री खड्काले एनआरएन विवादलाई परराष्ट्र मन्त्रालय र एनआरएनबीच आपसी समझदारीबाटै समस्याको हल निकाल्नुपर्ने बताए। यस्तै उनले नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यताको विवाद पाटी भित्रको आन्तरिक विवाद भएकोले यो शीर्ष नेताको सहमतिमै समाधान हुने बताए।

साताकाे चर्चित
सम्बन्धित