बाढी प्रभावित परिवारलाई खाद्य र गैरखाद्य सामग्री वितरण   
     बाढी प्रभावित परिवारलाई खाद्य र गैरखाद्य सामग्री वितरण   

बाढीबाट प्रभावित भएका कञ्चनपुरका तीन सय परिवारलाई आज खाद्य र गैरखाद्य सामग्री वितरण गरिएको छ ।  

    • Bell Sanchar

    • १२ आश्विन २०७८, मंगलवार

कञ्चनपुर
बाढीबाट प्रभावित भएका कञ्चनपुरका तीन सय परिवारलाई आज खाद्य र गैरखाद्य सामग्री वितरण गरिएको छ ।

बाढी प्रभावित समुदायमा मानवीय प्रतिकार्य कार्यक्रम (स्टार्ट फण्ड) अन्तर्गत मर्सिकोर, केयर नेपाल र निड्स नेपालको सहयोगमा बाढी प्रभावितका लागि खाद्य सहायता भौचर, सरसफाइ स्वच्छता, डिनिटी किट, भान्सा सामग्री र गैर खाद्य सामग्री वितरण गरिएको हो ।

निड्स नेपालका निर्देशक भवराज रेग्मीका अनुसार पुर्नबास नगरपालिकाका ६८, लालझाडी गाउँपालिकाका १४०, शुक्लाफाँटा नगरपालिकाका ३६, बेदकोटका ७ र कृष्णपुरका ४९ सहित ३०० परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

बाढी प्रभावित परिवारलाई खाद्य सहायता भौचर(प्रिपेड कार्ड)मार्फत प्रतिघरधुरीलाई रु ११ हजार २५० का दरले ३०० घरघुरीलाई उपलव्ध गराइएको छ । पोषण सहायता भौचर(गर्भवती, सुत्केरी, दीर्घरोगी)लाई रु पाँच हजारका दरले पाँच पालिकाका ९० घरधुरीलाई वितरण गरिएको छ । हाइजिनकिट दुई हजार २७० का दरले १७० घरधुरीलाई, महिला तथा किशोरी सम्मान सामग्री(डिगनीटी किट) रु तीन हजार ४८० का दरले ७५ घरधुरीलाई, सार्वजनिक धारा र शौचालय एवं खानेपानी सुविधामर्मत सम्भार रु पाँच हजारका दरले ४० घरधुरीलाई उपलव्ध गराइएको छ । यसैगरी, खानेपानी स्वच्छताका लागि हाते धारा सुद्धिकरण रु एक हजार २०० का दरले १२० घरधुरीलाई र बाढीका कारण बिग्रेका भत्केका घरको मर्मत सम्भार रु पाँच हजारका दरले १२५ घरधुरीलाई उपलव्ध गराइएको छ ।

गैरखाद्य सामग्री (भान्सा तथा लत्ताकपडा) रु छ हजार ४०० का दरले १२५ घरधुरीलाई र मनोसामाजिक परामर्श र लैङ्गिक हिंसा न्यूनीकरण सचेतना एक सय घरधुरीलाई दिइएको छ । जसका लागि प्रति घरधुरी रु दुई हजार ९८० का दरले रकम खर्च गरिएको छ ।

मछेली नदीको बाढीबाट विस्थापना परेका कृष्णपुर नगरपालिका–२ मछेलीका हरि डगौराले खाद्य र गैर खाद्य सामग्री पाएपछि खुसी भएको बताउनुभयो । “बाढीबाट घर मर्मत सम्भार, खानेपानीका लागि धारा मर्मत र खाद्य र गैर खाद्य सामग्री एक महिना पुग्ने गरी उपलव्ध गराइएको छ” उहाँले भन्नुभयो, “विजोग अवस्थामा थियौं । यसले केही राहत महसुस भएको छ ।रासस

साताकाे चर्चित
सम्बन्धित