कांग्रेसको अध्यक्षबाट राजीनामा सिद्धूले दिए
कांग्रेसको अध्यक्षबाट राजीनामा सिद्धूले दिए
    • Bell Sanchar

    • १३ आश्विन २०७८, बुधबार

काठमाडौं ।

नवजोत सिद्धूले भारतको पञ्जाब कांग्रेस कमिटीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । यद्यपि आफू आगामी दिनमा पनि कांग्रेस पार्टीमै रहने उनले बताएका छन् ।

भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीलाई पत्र लेख्दै उनले राजीनामा दिएका हुन् । गान्धीलाई लेखेको पत्रमा उनले मानिसको पतन सम्झौताको माध्यमबाटै हुने भन्दै भविष्यमा पनि पञ्जाबका मानिसको कल्याणको एजेन्डामा कहिले पनि सम्झौता गर्न नसक्ने बताएका छन् । उनले आफूले कांग्रेसबाट सेवा भने जारी राख्ने बताएका छन् ।

पञ्जाबका मुख्यमन्त्री चरणजित सिंह चन्नीले भने सिद्धूको राजीनामाको विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् । सञ्चारकर्मीहरुको जिज्ञासामा उनले भनेका छन्, ‘मलाई यसबारेमा अहिले कुनै जानकारी छैन । म सिद्धूजीसँग बसेर यस विषयमा कुरा गर्नेछु ।’

यसअघि कांग्रेसका शीर्ष नेताहरुले आगामी विधानसभा निर्वाचन नवजोत सिद्धू र मुख्यमन्त्री चरणजित सिंह चन्नीको नेतृत्वमा लड्ने बताएका थिए ।

एजेन्सीहरुको सहयोगमा

साताकाे चर्चित
सम्बन्धित