सोलुखुम्बुमा घुम्ती शिविर, पत्रकारहरूको लागि
सोलुखुम्बुमा घुम्ती शिविर, पत्रकारहरूको लागि
    • Bell Sanchar

    • १३ आश्विन २०७८, बुधबार

सल्लेरी 

सूचना तथा प्रसारण विभागले सोलुखुम्बुमा कार्यरत पत्रकारहरुका लागि ‘क्षमता अभिवृद्धि तालिम तथा घुम्ती शिविर’ आयोजना गरेको छ ।

उक्त अबसरमा ३० जना पत्रकारले आफ्नै कार्यथलोमा नेपाल सरकारले प्रदान गर्ने पत्रकार परिचयपत्र बनाएका छन् । यस्तै विभिन्न मिडियामा कार्यरत डेढ दर्जन पत्रकारहरु क्षमता अभिवृद्धि तालिममा सहभागि भएका छन् ।

पत्रकारहरुको कार्यक्षेत्रमै पुगेर तालिम, परिचयपत्र वितरण, अनलाइन मिडिया दर्ता जस्ता सेवा दिने र पत्रकारिता क्षेत्रको स्थलगत अध्ययन गर्ने उद्देश्यले अभियानका रुपमा यस्तो कार्यक्रम गरिरहेको विभागका महानिर्देशक तथा नेपाल सरकारका सहसचिव गोगनबहादुर हमालले बताउनु भयो ।

महानिर्देशक हमालको नेतृत्वमा विभागका अधिकृत केशव शर्मा, बसन्त खत्री समेत अन्य ७ जना कर्मचारीकाे टाेलीले सोलुखुम्बुको सल्लेरी पुगेर सेवाका लागि दुई दिने शिविर स्थापना गरेको हाे । सो अबसरमा ३० जना पत्रकारले परिचयपत्र लिनुका साथै एउटा अनलाइन न्युज पोर्टल दर्ता प्रकृयामा आएको महानिर्देशक हमालले जानकारी दिनु भयो ।

पत्रकारहरुको क्षमता अभिवृद्धि तालिमको सहजीकरण पत्रकार तुला अधिकारीले गर्नु भएको थियो ।

तालिममा सहभागि पत्रकारहरुलाई प्रमाणपत्र तथा परिचयपत्र वितरण गर्दै महानिर्देशक हमालले पत्रकार परिचयपत्र लिन काठमाडौं धाउनु पर्ने अवस्थाको अन्त्य गर्न सम्पूर्ण प्रकृयालाई डिजिटल बनाइएको जानकारी दिनु भयो । अब जिल्ला हुलाक कार्यालय मार्फत् नै परिचयपत्र प्राप्त गर्न सकिने बनाइएकाले कृयाशील सबै पत्रकारले यसको लाभ लिनु पर्ने उहाँको भनाई थियो ।

नेपाल पत्रकार महासंघ, सोलुखुम्बु शाखाको संयोजनमा कार्यक्रम भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित